गौतमको मोर्चा के गर्दै छ ?

राजनीति समाचार

काठमाडौं । आफैँ राज देश भाँडको अवस्थामा पुगेका नेकपाका ठूला नेताहरु एकले अर्काको तेजोबोध गरेर नांगो हुँदै गर्दा पार्टी एकता ६ महिनाभित्र गराएर छाड्छु भन्ने नेकपाका उपाध्यक्ष वामदेव गौतम कहाँ छन् ? जनताले खोजी गर्दै छन् । गौतमसँग पहिले बद्नाम चरित्रहरु हरि पराजुली, डिबी कार्कीजस्ताले जनताको मत पाउने अवस्था देखिँदैन । कीर्तिपुर नगरपालिकामा मेयरले कोरोनाका वेला त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई गरेको व्यवहार नै उनको राजनीतिक अभीष्तताा देखाएको छ । गौतमबाट प्रधानमन्त्री केपी ओलीलाई एकतामा ल्याउने काम हुने विश्वास गर्न सकिँदैन । प्रधानमन्त्री ओलीलाई प्रभु मानेर बाहिरी संसारवाट अन्धकारमा राख्ने गिरोह बालुवाटारमा सक्रिय भएको छ । गौतमको पत्नी नै ओली खेमामा लागेको नेपाली र राजनीतिक दलका कार्यकर्तालाई जानकारी भएको छ । गौतम निष्कलंक भष्टाचारबाट टाढा बस्न सक्ने सम्भावना छैन । गौतम एकताको अभियानमा छन् भन्ने सबैलाई जानकारी छ । तर, उनी सर्वोच्चको फैसलापछि जताबाट आफ्नो स्वार्थ पूरा हुन्छ त्यतै नै लाग्ने निश्चित दखिन्छ किनकि गौतामसँग आफ्नो अडान छैन । काठमाडौंमा हल्ला चलाएर बेपत्ता भएका गौतमको पद लोलुपतामा प्रधानमन्त्री आली राम्रोसँग खेलिसकेका छन् । राष्ट्रिय सभाको सांसदलाई संविधानले प्रधानमन्त्री बन्न दिँदैन तर बर्दियाबाट चुनाव हारेको भए पनि पदका लागि देखाएको प्रवृतिले स्वार्थ देखाएको छ । ५ वर्ष जनताको बीचमा टिकेर जनविश्वास जित्न नसक्ने गौतमलाई योजनाअनुसार नेकपाकोे समूहले चुनाव हारेको कुरा चर्चामा ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *