उपराष्ट्रपति र सभामुखमाथि महाअभियोगको नांगो तलबार !

समाचार

 

काठमाडौं । प्रतिनिधिसभा पुनस्र्थापना भएमा सबभन्दा बढी खुसी प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई हुनेछ । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्बाट सिफारिस गरेर राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन गरेको घटनाप्रति नेकपाको प्रचण्ड पक्षले तीव्र आपत्ति प्रकट गर्दै आएको छ र यही कारणले गर्दा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी विभाजितसमेत भएको छ । तर प्रतिनिधिसमा पुनस्र्थापना भएमा त्यसको चर्को मूल्य उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नी सापकोटाले चुकाउनु पर्ने स्थिति देखापरेको छ । प्रतिनिधिसभा पुनस्र्थापना भएको अवस्थामा ओली नेकपा र नेपाली कांग्रेस मिलेर सरकार गठन गरे भने सबभन्दा पहिले बलिको बोको सभामुख सापकोटा र उपराष्ट्रपति पुन हुन सक्ने सम्भावनालाई कसैले पनि इन्कार गर्न सक्दैन ।

प्रधानमन्त्री केपी ओलीले उपराष्ट्रपति पुन र सभामुख सापकोटाको विरुद्धमा सार्वजनिक रुपमा नै तीव्र आपत्ति प्रकट गर्दै आएका छन् । सभामुख सापकोटा सरकारको प्रतिपक्षको भूमिका प्रस्तुत हुन थालेको भनेर प्रधानमन्त्री ओलीले आपत्ति प्रकट गरिराखेका छन् भने उपराष्ट्रपति पुन प्रतिपक्षको नेताको भूमिकामा सार्वजनिक रुपमा प्रस्तुत हुन थालेको भन्ने टिप्पणी पनि प्रधानमन्त्री ओलीको रहेको छ ।

त्यस कारण प्रतिनिधिसभा पुनस्र्थापना भएको स्थितिमा नेकपा ओली र नेपाली कांग्रेस मिलेर सरकार गठन गरेको अवस्थामा उपराष्ट्रपति पुन र सभामुख सापकोटाका विरुद्धमा महाअभियोग प्रस्ताव आउन सक्ने बलियो सम्भावना रहेको छ । र, सरकारले सभामुख सापकोटा र उपराष्ट्रपति पुनका विरुद्धमा ल्याउने महाअभियोग प्रस्तावलाई जनता समाजवादी पार्टीले पनि समर्थन गर्ने स्थिति छ । सापकोटालाई हटाएर रिक्त हुने सभामुख पद नेपाली कांग्रेसलाई दिने उपसभामुख पुनमाथि महाअभियोग लगाएपछि रिक्त हुने उपराष्ट्रपति पद जनता समाजवादी पार्टीलाई दिने र उपसभामुख नेकपा ओलीले लिने गरी भागबन्डा हुँदा उपराष्ट्रपति पुन र सभामुख सापकोटामाथि महाअभियोग प्रस्ताव आउन सक्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *