प्रधानमन्त्रीलाई राप्रपाद्वारा २० बुँदे ज्ञापनपत्र

राजनीति समाचार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज देशका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै छ । किसानलाई मल, बीउको आपूर्ती, महङ्‍गी, भ्रष्टाचार नियन्त्रण, हिन्दु राष्ट्र, राजसंस्थाको पुनःस्थापना, सङ्‍घीयताको खारेजीलगायत जनजीविकाका विविध विषय समेटिएको २० बुँदे ज्ञापनपत्र बुझाउने भएको हो ।

खेतीको सिजनमा पनि किसानले सहज रूपमा मल र बीउ पाएका छैनन् । अर्कोतिर, महङ्‍गी पनि बढेको छ । यहीबेला राजनीतिक एजेन्डासमेत समेटेर ज्ञापनपत्र बुझाउने भएको राप्रपाले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *