रफतारमा सिन्धुली राजमार्गको मर्मत

समाचार

काठमाडौं । नेपालको विकासका लागि सडक, सिंचाइ, विद्युत् र औधोगिक क्षेत्रको विस्तारसँगै खानेपानी ढलको व्यवस्था र बजारलाई लिइन्छ र उत्पादन मात्र भएर हुँदैन सडक छैन भने त्यसको फल जनताले पाउँदैनन् । राणा शासनको अन्त्य र प्रजातन्त्रको उदयसँगै तत्कालीन समयमै राजधानीनजिकै जोडिएको मधेसको समथर र फराकिलो भूमिसँग जोड्ने कल्पना गरी बिपी कोइराला प्रधानमन्त्री भएपछि ०१५ सालको सरकारको घोषणा काभ्रे–सिन्धुली राजमार्ग निर्माणको घोषणा त भयो तर ०१७ सालको कु पछिको सरकारहरुले चासो दिएका थिएनन् । बिपी राजमार्ग पूर्णनिर्माणको घोषणा र कामको थालनी ०७४ सालको प्रजातन्त्र र त्यस्ले निर्माण गरेको सरकार नै आउनुप¥यो । सरकारले सिन्धुली राजमार्ग राष्ट्रिय योजनामा पा¥यो तर लगानी राज्यसँग थिएन । नेपाल सरकारलाई जापान सरकारले बिपी राजमार्ग निर्माण गर्ने आश्वासन दियो त्यो राजमार्ग निर्माण गर्न भूगोल सहज थिएन र जापानी सहयोग संस्था जाइकाले सडक निर्माण गर्ने संयोजन जापानी कम्पनी हाजमाले निर्माण र निप्पन कोइको लिमिटेड परामर्शदाता बनेर सिन्धुली सडक बनेको हो । लगानी जापानकै ठेकेदार, जापानकै परामर्शदाता जापानकै भएकाले सो राजमार्ग निर्माणमा स्थानीय सरकार अनुगमनमा समेत देखिएको छैन । सडक त बन्यो छोटो दूरी भएकाले यातायातका साधन पनि चले तर ठूला सवारीसाधनका लागि त्यो सडक अभm पनि सहज छैन । त्यहि ठाउँ ०७२ को भूकम्पले क्षतिग्रस्त बनायो तर समस्या फेरि उस्तै आयो, जाइकाकै टोली पुनःनिर्माण मर्मतका लागि आयो । सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्र्तगत जापानी सहयोग नियोगलाई नै भूकम्पले क्षति भएको सडक मर्मतको जिम्मा दियो । अहिले सडक नयाँ सेटिङ सिस्टममा मर्मतको काम भइरहेको छ । हाजमाको कर्पोरेसन ठेकेदार पहिला पनि थियो । पछिल्लो पटक पनि तयार भयो । निर्माण अवधि २० महिना ३ जनवरी २०१९ वाट २८ जनवरी २०२१ को तोकियो । लागत रकम १०४१ मिलियन जापानी येन तोकिएको यो सडक लगभग मर्मतको काम सक्ने तयारीमा छ । सडकको थालनी सुरुमा जस्ले ग¥यो, भूकम्पपछिको मर्मतमा पनि त्यहि संस्था अगाडि सर्दा नेपाल सरकारलाई सिन्धुली राजमार्ग निर्माण र मर्मतको बोभm सहन परेन । भूकम्पले क्षति भएको स्थानलाई रेट्रो सेटिङ गरिएको छ । सडक क्षेत्रको भूगोल अनुसारको पूर्वाधारलाई पूर्ण नियन्त्रणमा ल्याउने नयाँ प्रविधि नै अकल्पनीय भयो । सिन्धुली राजमार्गले काठमाडौंबाट महोत्तरी, बर्दिबास जोडेको छ । यो सडकसँग तराइको मात्र होइन, पूर्वी नेपालका पहाडी जिल्लासँग सम्बन्ध जोड्न सहज गरायो । जनताको समृद्धि र नेपालको विकासमा पहिलो खुड्किलो सडक नै हो । सडकमा सजावट कलात्मक देखिन्छ । जापानी शैल िर जापानी प्रविधि नै त्यहाँ जोडिएको छ । फुटपाथले सडकको आकर्षण देखाएको छ । ढलको पानीले भिरालो जमिनलाई क्षति नपु¥याओस् भन्ने उद्देश्यले ढललाई उच्च सर्तकर्ताका साथ बलियो बनाएको छ । देख्दा आकर्षक र बलियो ढलान व्यवस्था त्यो सडकको आकर्षण छ । काठमाडौंबाट पूर्व जाने यात्रुले त्यहि सडक रोज्नु पर्ने कारण नै छोटो विकासको पहिलो सर्त नै सडकको हो । त्यसका लागि सडक परिचालन सहि ढंगले हुनुपर्दछ भन्ने शिक्षा पनि देखाएको छ । प्राविधिकहरु कुनै दलको हँुदैनन् सबै दलका सरकारलाई प्रविधिक चाहिन्छ त्यो विषयको ख्याल विभागीय मन्त्री र मन्त्रालयले ख्याल गर्नु पर्दछ भन्ने शिक्षा पनि काठमाडौं– सिन्धुली राजमार्गले देखाएको छ । नेपालमा भौतिक पूर्वाधारको क्षेत्रमै लापरबाहस् भएका थुपै्र योजना छन् । जहाँ विवाद हुन्छ त्यहाँ तोकिएको समयमा काम सम्पन्न हुँदैन । काममा अवरोध आउन साथ बजेट बढ्छ राज्यको स्रोत सदुपयोग ठिक ठाउँमा समयमा भयो भने विकासले तीव्रता लिन्छ । नेपालमा विकास र समृद्धिको कुरा सबैले गर्छन् तर व्यवहारमा जसरी जापानी सहयोग निगम जाइका, हाजमा कम्पनी र निपोनकोइसँगको सहकार्यमा समयमा पूर्ण निर्माणको काम सम्पन्न हुँदै छ । त्यो सक्रियता र जिम्मेवारी बोध अरु योजनामा पनि हुनुपर्छ नेपालको ठूला ठूला योजनाहरुलाई समयमा सम्पर्क गर्न खटाउने टिम जापानी नियोगको जस्तै देशप्रति वफादार बन्न सक्यो भने तोकिएकै समयमा काम हुन्छ । आर्थिक हिनामिनाका कुरा व्यवस्थापनले नियन्त्रण गर्न सक्नु पर्दछ । प्राविधिक पक्ष नेपालको पनि सक्षम कुशल भइसक्नु पर्ने थियो तर त्यो भएको देखिँदैन र सोचाइ राज्य सञ्चालकहरुमा सकरात्मक हुनुपर्छ । कोरोनाको समयमा पनि आवश्यक भौतिक दूरी कायम गरी काम भएको आयोजनाहरु धेरै छन् । कुनै पनि कामको थालनी सकारात्मक सोचाइबाट हुनुपर्छ र निष्ठा र प्रतिवद्धतासँग व्यवहार जोड्न सकियो भने विकासको काम सिन्धुली राजमार्गको रफ्तारमा हुन्छन् भन्ने कुराको शिक्षा हो यस्तै । १२ बैशाख ०७२ र २९ बैशाखमा गएको भूकम्पले नेपालमा ठूलो जनधनको क्षति भएको थियो भने विभिन्न मठमन्दिरदेखि बाटोघाटोमा समेत क्षति पु¥याएको थियो । यो सँगै बनेपा धुलिखेल सिन्धुली सडकलाई समेत क्षति पु¥याएको थियो यो भौतिक क्षतिसँगै भौतिक पूर्वाधार या मन्त्रालय र जापान सरकारको सहयोगले यस परियोजनाको स्तरोन्नतिका लागि नेपाल सरकार र जापान सरकार अन्तर्राष्ट्रिय सहयोग एजेन्सी र भौतिक पूर्वाधार यातायात मन्त्रालय र सडक विभाग परामार्शदाता निप्पन कोइ कम्पनीले धुलिखेल सडक निर्माणका लागि हाजमा एन्डो निगम विभागले २० महिनाको अवधिमा सो निर्माण कार्य सम्पन्न गर्ने निर्णय गरेको थियो यो सँगै नेपाल सरकारले पनि यस सडकको स्त्तरोन्नतिका लागि सरकारले बढी ध्यान दिएको छ । यसको आयोजना प्रमुख सूर्य रानाभाट रहेका छन् । जस्मा नेपाल सरकार भौतिक मन्त्रालयअन्तर्गत रहेर विभिन्न कार्यालयमा बसी महत्वपूर्ण भूमिका निर्वाहा गरेका थिए । सूर्य रानाभाटले भक्तपुर डिभिजन सडक, काठमाडौं डिभिजन सडक, मध्य पहाडी लोकमार्ग आयोजना र मध्यपहाडी पश्मिखण्डमा बसी विकासको कामलाई अग्रनीय भूमिका खेली फेरि धुलिखेल बनेपा सडक परियोजनाको कामलाई तिव्रताको साथ अगाडि बढाएका छन् । ११ चैत ०७६ देखि कोरोनाको कारणले गर्दा केहि ढिलाइ हुन गएको र लकडाउन खुलेपछि विकासको कामलाई तिव्ररुपमा अगाडि बढाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *