कांग्रेस हिंस्स, खनाललाई प्रधानमन्त्री बनाइने टुक्रिएका कम्युनिस्टलाई मिलाउन दौडधुप

राजनीति समाचार

काठमाडौं । सर्वोच्च अदालतको पछिल्लो फैसलाले नेपाली कांग्रेसलाई सत्ताको च्याँखे थाप्न सहज भएको छ । ६१ सिटको कांग्रेस कम्युनिस्ट पार्टीका नेतालाई कुमतिले घेरेको कारण राजनीतिक दलका नेताहरुभन्दा वरिष्ठ राजनीतिकर्मी बनेका सर्वोच्चका दुई श्रीमान् बमकुमार श्रेष्ठ र कुमार रेग्मीको फैसला काँशी जाने बाटो रोजेको छ । ऋषि कट्टेलले निर्वाचन आयोगमा नेकपा नाउँको पार्टी दर्ता त गरे । त्यसको जनाधार छैन । निर्वाचनमा भाग पनि लिए तर एक सिट पनि आएन ।
नेकपा एमाले र माओवादी मिल्ने बाध्य जनताको जनमतले बनायो । तर पार्टी सत्तामा गएपछि नेताहरुमा दुइमति बढेर गएपछि प्रधानमन्त्री केपी ओलीले सरकारको कुनै एजेन्डा पार्टीमा छलफल गराएनन् । पार्टी अध्यक्षका हिसाबले ओलीले नै सरकार पार्टीबीचमा समन्वय गराउनु पर्नेमा पार्टीको अध्यक्षको हैसियतले कार्यकर्ताको प्रधानमन्त्रीलाई गलत ढंगले प्रयोग गर्ने अरिँगालहरु सक्रिय भए । दोस्रो अध्यक्ष भएका प्रचण्ड घमण्डी भएर अधिकार आफूमाथि अधिकार राख्न चाहन्थे । प्रचण्डबाट देखावटी व्यवहार ओलीले थाहा पाएपछि वामदेव गौतमलाई पद चाहिएको थियो । वामदेव गौतम एक कार्यकाल सांसदबिना टिक्न सकेनन् । ईश्वर पोखरेलजस्ताहरुलाई ठाउँ जताततै जुट्यो । प्रधानमन्त्रीले सल्लाहकार टिम आफूभन्दा कनिष्ठ, विषयको विज्ञताबिनाका व्यक्तिहरु राखे । सरकारको कुनै पनि काम पार्टीमा नजोडिँदा राम्रो कामको समर्थन गलत कामको सुधारतर्फ राज्य लागेन । प्रधानमन्त्री ओलीले आफ्नोबाहेक अरुलाई मतलब गरेनन् । विकासे प्रचार जति पनि भए काम भयो तर भ्रष्टाचारले सीमा नाघ्यो ।
त्यसैको कारण प्रचण्डले स्थायी समितिको बैठक गरे । ओली समूहले आरोपपत्र माग्यो । पार्टी विभाजनको रेखा त्यहीँबाट कोरियो । जनताको भावनामाथि प्रचण्ड–माधव लागे । प्रधानमन्त्री ओलीलाई पहिला एमालेमा छँदा माधव नेपाल प्रतिस्पर्धी हुन भन्ने हेक्का भएन । माधवको १५ वर्षे पार्टी सत्तामा जसरी ओली पक्ष पेलियो त्यही रुप व्यवहार यसपटक पार्टी एकता भएपछि पनि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष गर्नु नै गल्ती थियो ।
नेपाली कांग्रेस नेकपाको लडाइँलाई सत्ता र कुर्सीसँग दाँज्न औँला गनेर बसेको छ । नेकपाले एक अर्कालाई साथ नदिएको खण्डमा कांग्रेस र राजपाजस्ता प्रतिगामीको मतियार शक्तिको ठाउँ खुल्ला हुन्छ । कम्युनिस्टको एजेन्डा संघीयता, समावेशीता र गणतन्त्रमा धर्मनिरपेक्षता घुसाउने इसाइ धर्मको महागुरु नेवाङजस्ता कानुनको विज्ञले समेत पार्टीको स्थिति यसरी भद्रगोल हुन्छ भन्ने इसारा बुझेनन् । कम्युनिस्ट शक्ति तहसनहस हुँदा आफू बलियो बन्ने अपेक्षा गरिएको नेपाली कांग्रेसले ओली पक्षको १२० र प्रचण्ड पक्षको ५३ जनाको राजनीति फाइदा लिन छिमेकी भारतसँग हारगुहार गर्दै छ ।
तत्कालीन एमालेबाट माधव झलनाथको टिम प्रचण्डतिर गएको छ । यो टीमका सांसद कति छन् भन्ने निश्चित गर्न २१ फागुनमा त्यो समूहको संसदीय दलमा उपस्थित ११४ जनाको नाम भजाए हुन्छ । त्यो रुप फागुन २२ गते बालुवाटारमा पनि देखियो त्यहाँ पनि ११५ जना उपस्थिति रहेको बताइयो । जसले अंक गणित मिलाए पनि एमाले १२० हुन माओवादीका ५४ जना सभामुखले मतदानमा भाग लिँदैनन् ।
पार्टीमा एकले अर्काको तेजोबोध गर्दा प्रधानमन्त्री ओलीले जति ध्यान दिनुपर्ने थियो त्यो दिएनन् । प्रधानमन्त्रीलाई बिगार्ने विष्णु रिमाल, अग्नी खरेल, सुभाष नेम्वाङकै बढी दायित्व रहेको बताइन्छ । एकीकृत पार्टीलाई यो अवस्थामा पु¥याएको दोष अध्यक्षलाई दिएर हुँदैन । कांग्रेस, राप्रपा, राजपाजस्ता शक्तिको हातमा देश गयो भने नेकपाका लागि जीवन समाप्त भयो भन्दा हुन्छ ।
दुवै खेमाका युवाहरुको टिम एकताको पहलमा जुटेको छ । यो टिममा घनश्याम भूषाल, वर्षमान पुनः योगेश भट्टराई, जनार्दन शर्मा खटेका छन् । भ्रष्टहरुका लागि त अवसर गुमेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *