निर्वाचन आयोगको गैरजिम्मेवारीपन

समाचार

काठमाडौं । लामो संघर्षपछि बल्लतल्ल एक भएका कम्युनिस्ट एकीकरण भएको दुई वर्ष नबित्दै एमाले र माओवादी केन्द्र पुरानै घर फर्कनु पर्ने अवस्था आएको छ । पूर्वएमाले र पूर्वमाओवादीबीच एकता भाँडिनु पछिका मुख्य जिम्मेवार को हुन् ? त्यतिबेला जब एमाले र माओवादी एक भएर नेकपा जन्मियो । निर्वाचन आयोगले बुद्धिमतापूर्वक निर्णय गरिदिएको भए आज फेरि फुटको स्थिति आउने नै थिएन् । नेकपा फुटेर घर न घाटको हुनुमा मुख्य जिम्मेवार हुन अयोधीप्रसाद यादव । उनी अयोधीप्रसाद यादव २७ असार ०७२ देखि १२ फागुन ०७५ सम्म प्रमुख निर्वाचन आयुक्त भए । उनको टिममा थिए, इला शर्मा, रामभक्त पिबि ठाकुर, सुधिरकुमार शाहहरु । जब एमाले र माओवादीबीच एकीकरण भयो ३ जेठ ०७५ मा । नेकपा नाम जुराएर उनीहरु निर्वाचन आयोग पुगे । उनीहरुले लगेकै नाम दर्ता भयो । जबकि यो नाममा गोर्खाका ऋषि कट्टेलले पार्टी दर्ता गराइसेका थिए । कट्टेल, पुराना वामपन्थी नेता हुन् । विचारका हिसाबले पुष्पलाल पन्थी । ऋृषि नेपालका पुराना कम्युनिस्ट नेता हुन् । उनी पुष्पलाल पन्थी । जनमोर्चा, एमाले, माले हुँदै सिपी मैनालीसँग काम गरे तर विचार नमिल्दा बाटो मोडेर नेपाल कम्युनिस्ट पार्टी दर्ता गरेका थिए, ०६९ सालमै निर्वाचन आयोगमा दर्ता भएको थियो नेकपा निर्वाचन आयोगमा । तर, सत्ता र शक्तिको प्रभावमा परेर अयोधिहरुले नेकपा प्रचण्ड र ओलीहरुलाई दिए अर्थात त्यो बेला ठूला माछाले साना माछालाई निल्यो । आफ्नो पार्टीको नाम ओली र प्रचण्डको कब्जामा पुगेपछि कट्टेल न्याय खोज्दै अदालत पुगेका थिए । अहिले राजनीतिक वृत्तमा तहल्का ल्याउने सानो कम्युनिस्ट पार्टीका नेता ऋृषि तत्कालीन एमाले महासचिव मदन भण्डारी, जीवराज आश्रित, वाचश्पति देवकोटा र कट्टेल १ जेठ ०५० मा पोखराको कार्यक्रममा सँगै गएका थिए । उक्त कार्यक्रम सकेर महासचिव भण्डारी र आश्रितसँगै वाचश्पति र कट्टेल तनहुँको आँबुखैरेनीसम्म एउटै गाडीमा आएका थिए । त्यही गाडीबाट उनी उत्रिएको केही घन्टापछि गाडी भीरमा खसेर आश्रित र भण्डारीको ज्यान गएको थियो । ओली प्रचण्डहरुले नेकपा लगेपछि २१ पुस ०७५ मा रिट दायर भएकोमा झन्डै दुई वर्ष दुई महिना पछि न्याय पाए । तर निर्वाचन आयोगले त्यतिबेलै सुझ्बुझपूर्ण ढंगले आफ्नै ऐन कानुन पल्टाएर पार्टीको नामाकरण गरेको भए आज यो दुर्घटना आउने नै थिएन । राजनीतिक दल सम्बन्धी ऐन, ०७३ को दफा ६ उप दफा (१) मा प्रष्ट लेखिएको छ, ‘दफा ५ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कुनै अवस्थामा दल दर्ता हुन सक्ने छैन ः– (१) (ङ) ‘दलको नाम वा चिह्न आयोगमा दर्ता कायम रहेको दलको नाम वा चिह्नसँग मिल्ने भएमा ।’ यसरी दिनै नमिल्ने नाम प्रचण्ड र ओलीहरुलाई हिजो किन दिए अयोधीहरुले ? दुई तिहाईवाला सरकारको दबाबमा परेर आफ्नो संवैधानिक भूमिकालाई तिलाञ्जली दिने गरी निर्वाचन आयोगले गरेको बद्मासीलाई ढिलै भए पनि सर्वोच्च अदालतको फैसलाबाट सच्चिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले ऋषि कट्टेल नेतृत्वको नेकपालाई वैधानिकता दिएको छ । यद्यपि अदालतका श्रीमान्हरुमाथि नै प्रश्न नउठेको पनि होइन । ऋृषि कट्टेलले आफ्नो पार्टीको नामसँग नेकपाको नाम जुधेकोमा उक्त नाम आफूले प्रयोग गर्न पाउनुपर्ने जिकिर र माग दाबी मात्रै गरेका थिए । उनको निवेदनमा एमाले र एमाओवादीबीचको एकीकरणलाई कुनै चुनौति दिइएकै थिएन । तर श्रीमान्को फैसलामा एकता नै खारेजी भएसँगै यस्लाई राजनीतिक फैसला भन्न थालिएको छ । पुरानै घरमा फर्कन पनि एमाले र माओवादीहरुलाई अर्काे कष्ट छ, कारण एमाले सन्ध्या तिवारीले ०७७ असारमा सूर्य र नेकपा एमाले आफ्नो नाममा दर्ता गरिसकेकी छन् भने त्यसको एक वर्षअघि नै गोलकारभित्रको हसियाँ हथौँडा चुनाव चिह्नसहित नेकपा माओवादी गोपाल किराँतीहरुले नाम दर्ता गराइसकेका छन् । अहिलेका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पनि सुझबुझ नपु¥याई एमाले र माओवादी नाम दिँदा फेरि अर्काे लफडा पर्ने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *