सरकारको मुखपत्र अलपत्र

समाचार

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको चाकडी गरेकै भरमा गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष भएका कांगे्रसी मतदाता कृष्णमुरारी भण्डारीको नालायकीपनका कारण गोरखापत्र संस्थानभित्र आक्रोश बढेको छ । भण्डारीको सहयोगी गोपाल खनाल हाटामा चर्चित छन् । क्षमताभन्दा चाकडी नै भण्डारीको क्षमता भएको छ । संस्थानमा करोडौँको कारोबार हुन्छ तर भण्डारी १ लाखको चेकमा सही गर्न डराउँछन् । तारा बस्यालजस्ता भ्रष्टले पहिला टीकाराम राईलाई घुमाए । अहिले भण्डारीले बस्याललाई राई र भण्डारीले विष्णु खनालको जागीर खोसिएको थियो । अहिले संस्थागत सुधार गर्दै नाफा कमाउनेले आफ्नो कर्मचारीलाई बोनस खुवाउँछन् । ५४ रुपैयाँको इन्धनको मूल्यमा ५४ रुपैयाँ कर उठाएर सरकारका चालकहरु संस्थानले अहिलेको समयमा कर्मचारी पत्रकारहरुलाई इन्टरनेटको नाममा दिएको वार्षिक रु.१० हजार खोसेर प्रधानमन्त्री ओलीका भक्त भएका कृष्णमुरारी भण्डारीले संस्थानको हित कति गरे होलान् ? कर्मचारी संगठनका नेताबीच चर्चा चल्ने गरेको छ । टीकाराम राईजस्ता नानाथरी गाली गर्न सक्ने त्याग त अरुमा छैन । छपाइको गुणस्तर खस्केको मात्र छैन, पाठकसमेत घटिरहेका छन् । सरकारको भन्दा अरुको समाचार रोक्न पत्रकारको नाममा पद मूर्खहरु पनि त्यहाँ रहेका छन् । संस्थानभित्रको समाचार लिएर डिल्लीबजार उकालोतिर धाउने चमेराको हालत पनि कठै भन्ने खालको छ । कम्पनी सचिवको ताल त भmन् उराठलाग्दो बन्दै छ । मोही माग्ने ढुंग्रो लुकाउने स्तम्भका लेखक पद जोगाउन ओलीको जय भन्ने दिन घट्दो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *