सशस्त्र र नेपाल प्रहरीमा लेखापाल हाबी बिचौलिया बन्दै पत्रकार, आइजिपी रमिते

समाचार

काठमाडौं । हुनेलाई जहाँ तहीँ, नहुनेलाई कहिँ न काहीँ भनेजस्तै सशस्त्र प्रहरी बलमा भएको छ । सशस्त्र प्रहरीको लेखा शाखामा जस्तो भ्रष्टाचार कहीँ कतै भएको छैन भन्दा कसैले पत्याउँदैन । सशस्त्र प्रहरी बलभित्र अहिले चलिराखेको लेखापरीक्षणमा लेखापाल गणेश मल्ल र महालेखाका कर्मचारीसँग मिलेमतोमा दिनलाई रात र रातलाई दिन बनाएर लाखौँ लाख रकम भ्रष्टाचार गरेका छन् । अनियमितता भए तापनि अडिटर सशस्त्र प्रहरीका लेखापाल, प्रशासन र आइजिपी शैलेन्द्र खनालले सशस्त्र प्रहरी बलभित्रको भ्रष्टाचारमा अडिटरलाई पैसा दिएर बेरुजुबाट जोगिनका लागि अनेक तानाबाना रचिरहेका छन् । प्रहरीका लेखापाल गणेश मल्लको चाँदी कटाई चलिराखेको छ । प्रायजसो सशस्त्र प्रहरी बलभित्र लेखापाल करिब १ वर्ष बस्ने चलन रहे तापनि गणेश मल्ल ३ वर्ष सशस्त्र प्रहरी बलको लेखा प्रधानमन्त्रीुख भएर बसेका छन् । उनले नेपाल सशस्त्र प्रहरी बललाई चाहिने सम्पूर्ण सामान खरिदमा ठेकेदारसँग मिली वार्षिक करोडौँ आम्दानी गर्दै आएका छन् । सशस्त्र प्रहरी बललाई चाहिने फर्निचर, लत्ता कपडा, खाद्य सामग्रीहरु, स्टेसनरी, ल्यापटप, कम्प्युटर, भवन निर्माणको सामानदेखि सम्पूर्ण समानहरु खरिद गर्दाखेरी कम गुणतरको सामान प्रयोग गरी ठेकेदार, लेखापाल, प्रशासन प्रधानमन्त्रीुखसँग मिलेर लाखौँ कमाउँदै आएका छन् । यसको आधा हिस्सा चाहिँ आइजिपी खनालले खाने गरेका छन् । बाँकी रहेको अन्य हिस्सा भने बाँडी खाने गरेका छन् । लेखापाल गणेश मल्लले चाहिँ केहि निश्चित पत्रकार र महालेखाका कर्मचारी, अख्तियारका कर्मचारी र अडिट गर्न आउने कर्मचारीलाई भागशान्ति दिएर खाने गरेका छन् र बेलुका भएपछि अन्य गण्यमान्य व्यक्तिलाई रेस्टुरेन्टमा लगी खाजा र सोमरस खुवााएर खुसी बनाउने काम गरेका छन् । यस्तै अहिले अडिट चलेको बेलामा भए नभएका कर्मचारी र आफन्तको नाम राखी टिए डिए भत्ता दिने र खाना खर्चदेखि अन्य काम गरेको भन्दै नक्कली बिल बनाएर खाने गरेका छन् । यस्तै सशस्त्र प्रहरी बलका इन्स्पेक्टर महेन्द्र हमाल पनि कम छैनन् र महेन्द्र हमाल सशस्त्र प्रहरी बलभित्रको १ नम्बरका खेलाडी भनेर चर्चाको पात्र बनेका छन् । महेन्द्र हमालको काम पनि प्रहरी जवानदेखि अस्पतालमा काम गर्ने कर्मचारी, डाक्टर, नर्सहरुको सरुवा बढुवा गर्दा पैसा असुल्ने गरेका छन् र इन्स्पेक्टर हमाल सशस्त्र प्रहरी बलको कल्याणकारी कोषमा बसी लाखौँ कमाएको समाचार सूत्रले बताएको छ ।
इन्स्पेक्टर हमाल अहिले सशस्त्र प्रहरी बल बलम्बु अस्पतालमा कार्यरत रहेका छन् । उनले सशस्त्र प्रहरी बलभित्रको कर्मचारी र जवानहरुको समेत आर्थिकदेखि अनेकौँ शोषण गर्दै आएका छन् । उनले पनि औषधि सप्लाइको ठेकेदारसँगको मिलिभगतमा कमाउने गरेका छन् । यसरी सशस्त्र प्रहरी बलभित्र मल्ल र हमालको दादागिरी कहिलेसम्म चल्ने हो ? भन्दै पीडित प्रहरी जवानले बताउने गरेका छन् । यसरी मल्लको सेटिङ र हमालको सेटिङले सशस्त्र प्रहरी बलभित्र आतंक मच्चिएको छ । सशस्त्र प्रहरीमा भएको भ्रष्टाचारमा छानबिनका लागि कुनै निकायले ध्यान दिएको छैन ।
उता नेपाल प्रहरीमा यस्तै हालत रहेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलभित्र भए गरेको भ्रष्टाचारमा कसैको नजर पर्ने गरेको छैन । नेपाल प्रहरीभित्र पनि लेखापाल, प्रशासन, आइजिपी, ठेकेदार र बिचौलियाबीचको सम्बन्धले नेपाल प्रहरीका जवानदेखि उच्च तहका कर्मचारी शोषणमा परेको एक पीडित प्रहरीले बताएका छन् ।
नेपाल प्रहरीमा बिचौलिया र लेखापालको हालीमुहाली चल्ने गरेको छ । ठेकेदारसँग मिली कम्सल खालको र गुणस्तरहीन समान सप्लाई गर्दा लाखौँ असुल्ने गरेका छन् । यो काम परापूर्वक कालदेखि सेटिङमै गर्ने गरेका छन् । प्रहरीको ड्रेस खरिददेखि रासन खरिद स्टेसनरी खरिद छपाइ, भवन निर्माण, गर्नेदेखि प्रहरी जवानलाई दिनुपर्ने सेवा सुविधा नदिइकन खाने गरेको एक प्रहरीले बताए । यसरी कार्यलयलाई समान खरिद गर्दा सामानको बिल बढाई नक्कली बिल बनाएर खाने गरेका छन् । यसरी भ्रष्टाचार पनि आइजिपी थापा भने मूकदर्शक बनेका छन् । जुन जोगी आए पनि कानै चिरेको भनेजस्तै जुन आइजिपी बनेर आए पनि आफ्ना कर्मचारीका लागि वृत्ति विकासका लागि कुनै पनि योजना ल्याएका छैनन् । भाषण भने गण, गुल्म गएर हाँक्ने गरेका छन् । ‘तपाईहरु नडराउनुहास्, नेपाली जनता र देशको शान्ति सुरक्षामा लागिपर्नुहोस् । निःस्वार्थ भाबले काम गर्नुहोस्’ भन्दै भाषण गर्ने गर्छन् तर आफू भने कहाँबाट पैसा आउँछ ? कुन नेताकामा जान पाए बढुवा खाना पाइन्छ, आफ्नो बढुवा हुन्छ कि हुन्न भन्ने ध्यानमा लाग्दा सबै कुरा बिर्सिन्छन् र आफ्नो स्वार्थमा लाग्छन् र विभिन्न उच्च घरानाका कर्मचारीलाई घरायसी प्रयोजनका लागि सामान पु¥याउने गरेका छन् । सशस्त्र प्रहरीका उच्च तहका कर्मचारी र नेपाल प्रहरीका उच्च प्रहरीले आफू कसरी बढुवा हुने र आम्दानी हुने ठाउँमा सरुवाका लागि नेता र उच्च नेता खोज्दै घर घरमा धाउने र महँगा महँगा कोसेली पु¥याउने गरेका छन् । भ्रष्टाचारको साक्षी बन्ने उच्च निकायका कर्मचारी रहेका छन् । यसमा खटिएका कर्मचारी, महालेखा नियन्त्रकको कार्यालयको कर्मचारी, राजनीतिक दलका नेता, राष्ट्रिय सतर्कता केन्द्र, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीलाई प्रयोग गरी करोडौँ भ्रष्टाचार भएको छ । भ्रष्टाचार भएको समाचार पत्रपत्रिकामा आएपछि बैठक बसी कसले दियो ? यो समाचार पत्रकारलाई भन्दै गोप्य बैठक बसी पत्रपत्रिकामा आएको समाचारलाई मिलाउने, खण्डन गराउने काम पत्रकारले गर्ने गरेका छन् । नेपाल प्रहरी सशस्त्र प्रहरी र गुप्तचरको गोप्य समाचार पत्रकारलाई प्रयोग गरी सुराकी दिने र केही पत्रकारलाई सुरक्षा निकायले महिनावारी दिएर राख्ने गरेका छन् र पत्रकार नभएको व्यक्तिले पत्रकारको नाम भजाएर म सबै मिलाइदिन्छु भन्दै सशस्त्र प्रहरी, नेपाल प्रहरीसित पनि साँठगाठ बनाएर पत्रकारको नाउँमा भजाउने र पत्रकार हो भन्दै सुरक्षा निकायभित्र गएर बस्ने पत्रकार छन् । कतिपय पत्रकार चाहिँ पीडित छन् । यसरी पत्रकारलाई प्रयोग गरी जागीर खाने र पत्रकारले पनि सुरक्षा निकायलाई प्रयोग गरी खाने धन्दा कहिलेसम्म चल्ला ? भन्दै सशस्त्र प्रहरीका पीडित जवान र नेपाल प्रहरीका पीडित जवानले गुनासो तामाकोसी सन्देशलाई गरेका छन् ।
हुन पनि यस्तै भएको छ, पत्रकारले पत्रिका चलाउन हम्मेहम्मे भएको छ । नेपाल सरकारले दिएको पैसाले महिनाभरी कागज र अन्य सरसमान किन्नसमेत पुग्दैन । अन्य विज्ञापन कसैले दिएका छैनन् । यस कारण पनि वास्तवमा पत्रकारले राम्रो समाचार संकलन गर्न सकेका छैनन् । अहिले व्यापारीले पत्रिका चलाउने, प्रहरीले पत्रिका चलाउने, नेताले पत्रकार किन्ने र पत्रिका चलाउने सशस्त्र प्रहरीले पत्रकार प्रयोग गर्ने नेपाल प्रहरीले पत्रकार प्रयोग गर्ने भएपछि न राजनीतिक दल सफल हुन्छन्, न पत्रकार नै सफल भएका छन् । पत्रकार हुँ भन्दै ठग्दै हिँड्ने पत्रकार नेपालमा हाबी भएका छन् । यसको निर्मलीकरण कसले गर्ने ? भन्दै केही कर्मचारीले पनि गुनासो गर्दै आएका छन् । यसरी गुनासो गर्नु भनेको नीति, नियम पालन नगर्नु आमनेपालीका लागि दुःखको कुरा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *