जसपालाई उचाल्ने को को ?

राजनीति

काठमाडौं । कम्युनिस्ट पार्टीलाई जनपक्षीय शक्ति भन्ने गरे पनि नेकपा नामको जमात सत्ता र कुर्सीका लागि जस्तोसुकैसँग सम्बन्ध राख्दा व्यवहार मै दाग लाग्ने गरेको छ । नेपाली कांग्रेसजस्तो सत्ताका लागि छट्पटाएको पार्टीले नेकपा एमाले र माओवादी नेतृत्वमा देखिएको भाँडभैलोपनको फाइदा लिन भारतकै आडमा राजनीति गरेको राजपालाई सत्ताको ताला बनाइदिएको छ । माओवादीले सरकारप्रतिको समर्थन फिर्ता लिनासाथ पार्टी विधानसमेत त्यागेका राजपाको पार्टी चोइटिएर बहुमतको सरकार टिकाउने चाहना प्रधानमन्त्री ओलीले राख्नु स्वभाविक भएको छ । कांग्रेसको सहयोग प्रधानमन्त्री ओलीले पनि राखेका थिए तर प्रधानमन्त्री ओलीले संसद विघटन गरेको कदम अस्विकार गर्ने शक्ति मिल्नु पर्छ भन्ने मतमा राजपा जोडिएको छ । राजपाका नेताहरु फुट्न सक्ने अवस्था छ । पहिला कांग्रेसको नेतृत्बले तराईका मुद्दा समाधान गर्ने भनेको थियो । रेशम चौधरी थारुहट आन्दोलनका हात्ती हुन् भने उनको रिहाइमा थारुहटले उठाएका मुद्दाप्रति सरकारको धारणा स्पष्ट गर्नुपर्छ । सत्ता र कुर्सीभन्दा मुद्धा प्रधान हुनुपर्छ । सिंगो मधेस एक प्रदेश खोज्ने महन्थ ठाकुर, राजेन्द्र महतोहरुलाई ठेगाना लगाउने थारुहट थियो । एमाले अध्यक्ष ओलीले अभिभावकको भूमिका खेलेर देवत्वकरण गर्नु पर्छ भने पार्टीमा त्यो स्विकार्य हुँदैन । एउटा कम्युनिस्ट पार्टी गुटको भरमा चल्दा कार्यकर्ताभित्र आक्रोस बढ्छ । एमालेको अन्तर्पार्टीभित्र नेताबीच छलफल गरी टुंगोमा पुग्नु नै बुद्धिमानी हो तर पदाधिकारीको जिम्मेवारी खोस्ने माओवादीवाट आएकाहरुलाई सम्मान गर्दा एमालेको निर्वाचित अवस्था अमान्य गर्नु हुन्न । अध्यक्ष ओलीको कर्मचारीलाई मौकाको फाइदा बनाउनेलाई सहयोग पुग्ने काम गर्नु नै गल्ती हो । कम्युनिस्ट भाँडिदा कांग्रेसले ठाउँ पाउँछ । कांग्रेसले टाउको गणनाको राजनीति गरेर बहुमतमा पुग्ने र पैसाको खोलो बगाउने कुरा एमालेले भोगेको छ । त्यो विकृति बढ्न नदिनका लागि पनि कम्युनिस्ट सरकार टिकाउनुपर्छ अन्य पार्टी लडाईँको वेला पार्टी विभाजनकारीको दाउ चर्कन्छ । यस्तो वेला कांग्रेस, राजपाले भाउ खोज्छन् । सत्ताका लागि हानथाप गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *