सुन्दर हरैचाका नगरपालिकाका युवाहरुले बंगलादेश बैंकाट सस्तोमा कर्जा पाउने

अर्थ/वाणिज्य

काठमाडौं । नेपाल बंगलादेश तथा सुन्दरहरैँचा नगरपालिकाबीच उक्त क्षेत्रका युवाहरुले उद्यम गर्न चाहेमा २ लाखदेखि १५ लाख रुपैयाँसम्म ४ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने सम्झौता गरिएको छ । कर्जाका लागि आवश्यक पर्ने फर्म दर्ता, चार किल्ला प्रमाणित, घरबाटोलगायत अन्य सिफारिस नगरपालिकाले निःशुल्क उपलब्ध गराउने भएको छ । नगरपालिकाको तर्फबाट नगर प्रमुख शिवप्रसाद ढकाल र बैंकको तर्फबाट प्रदेश १ का प्रमुख कृष्णप्रसाद तिम्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सो ऋण पाउनका लागि निवेदकले वडामा निवेदन दिएपछि वडाले नगरपालिकालाई सिफारिस गर्नेछ र त्यसकै आधारमा नगरले बैंकसँग ऋण प्रदान गर्न सिफारिस गर्ने सम्झौतामा उल्लेख छ । ऋण खराब कर्जामा परिणत भए नगरले सो कर्जा उठाउन पहल गर्ने र राज्यले दिने सबै सेवा र सुविधाबाट वञ्चित पनि गर्न सक्ने जानकारी गराएको छ । बैंकका प्रदेश प्रमुख तिम्सिनाले बैंकिङ पहुँच कम भएकाहरुको लागि यो व्यवस्था गरिएको बताए ।
त्यस्तै, शिक्षित युवा स्वरोजगार शीर्षकमा अधिकतम्् सात लाख रुपैयाँसम्म ऋण प्रदान गर्ने उनले जानकारी दिएका छन् । विदेशबाट फर्किएका युवा, दलित युवा, स्वरोजगार बन्न चाहने युवा र उद्यमी बन्न चाहने महिलाका लागि पनि यो योजना ल्याइएको जानकारी दिए । पुरुषका लागि अधिकतम् ४ प्रतिशत र महिलाका लागि अधिकतम् ३ प्रतिशत ब्याजदरमा ऋण दिने गरी बैंकसँग सहमति भएको हो । सम्झौतापत्रमा हस्ताक्षर भएको मितिबाट २ वर्षसम्म कायम रहने गरी हस्ताक्षर भए पनि नगरपालिकाको दायित्व कर्जा बहाल रहेसम्म रहने प्रदेश प्रमुख तिम्सिनाले बताए । सम्झौता अवधि समाप्तिपछि दुवै पक्षको आपसी सहमतिमा नवीकरण गर्न पनि सकिने सम्झौतापत्रमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *