राजनीतिक हस्तक्षेपले न्यायालय अस्तव्यस्त

राजनीति समाचार

काठमाडौं । सेटिङ्ग पनि कस्तोसम्म १३ बर्ष पछि हुने नियुक्त हुने गरि अहिलेदेखि नै प्रधानन्यायधीश तयार ! राजनीतिका कारण एक पछि अर्काे संवैद्यानिक निकायहरु गन्हाएकै थिए । अछुत रहेको एउटा अदालत थियो त्यो पनि भागबण्डामा सोतर बनाएका छन्,राजनीतिक दलहरुले । हालैमात्र न्यायपरिषद्ले सर्वाेच्च अदालतका न्यायधीशमा नियुक्तिका लागि काँग्रेस र एमालेबाट दुई अधिवक्ता र अदालतबाट ४ जना सिफारिस गरिएको थियो ।

जसमा कानुनमन्त्री धनराज गुरुङको जिल्लाबासी स्याङजाली टेकप्रसाद ढुंगाना भावी प्रधानन्यायधीशको रुपमा अगाडि सारिएको हो । टेकप्रसादले शिक्षक संघका नेताकी छोरी भगवती शर्मालाई विवाह गरेका,०६२ मै सहसचिव भइसकेका थिए । कानुनको सहसचिव छँदा संविधानसभाको कानुनी सल्लाहकार भई काम गरेका थिए । त्यसपछि उनी कानुन सचिव हुँदै २०७३ पुस २९ गते उच्च अदालतको न्यायधीशको रुपमा कार्यरत थिए । उनैलाई भावी प्रधान न्यायधीश नियुक्त हुने गरी न्यायपरिषद्बाट खेलो फड्को गरिएको हो ।

५ मंसिरमा न्याय परिषदले सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त ग¥यो । नियुक्त गर्दा उच्च अदालतबाट ४ र वकीलबाट २ जना ल्याएको भनिए पनि भित्रको भागबन्डा र खेल फरक रहेको कथा न्याय क्षेत्रका जानकारहरु सुनाउँछन् । सर्वाेच्चको न्यायधीशमा सिफारिस भएकामध्ये सारङ्गा सुवेदी र अब्दुल अजिज मुसलमानलाई मीडनाइट जजको उपाधि दिँइदै आएको छ ।

यी दुईलाई मीड नाइट जज भनिनुको कारण रोचक छ । ०७३ सालमा प्रधानन्यायाधीश निवासबाटै नियुक्ति पाएका कारण उनीहरुलाई मीड नाइट जजका रुपमा कानुनी क्षेत्रमा व्यग्य गर्ने गरिएको छ । त्यसबखत सारङ्गा महिलाकोटा र अब्दुल अजिज मुसलमान कानून व्यवसायीबाट पुनरावेदन अदातमा नियुक्त भएका हुन् । सारङ्गा सुवेदी दामोदरप्रसाद शर्माको पालामा काँग्रेस कोटामा उपेन्द्रकेशरी न्यौपानेमार्फत २०७० सालमा वकिलको कोटामा अदालत छिरेकी हुन् भने अब्दुल अजिज मुसलमान पनि उसै गरी न्यायधीश बनेका हुन । अहिले न्यायधीश सिफारिस भएकामध्ये सारङ्गा काँग्रेसी र महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना र बालकृष्ण ढकाल गरी ३ जना एमाले कोटा र सुनिलकुमार पोखरेल पहिले काँग्रेस हुँदै अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको कोटामा परेका छन् ।

उता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हरेक दिनजसो विशेष अदालतमा मुद्धा दायर गर्ने सिलसिला छ । त्यहाँ विशेषबाट बच्नका लागि दलहरुले सोही अनुसार सेटिङ गरेर विशेषमा न्यायधीश पठाएका छन् । विशेष अदालतको अध्यक्ष एमालेले पाएको छ । त्यहाँ नियुक्त भएका टेकनारायण कुँवर एमालेको कोटाबाट, तेजनारायण सिँह राई र माओवादी कोटामा न्यायाधीश भएका रामबहादुर थापा र रितेन्द्र थापालाई ल्याइएको छ । मुरारीबाबु श्रेष्ठ भने पञ्चायतकालीन प्रधानमन्त्री मरिचमान श्रेष्ठको परिवारका सदस्य हुन । यसरी अख्तियारमा आफ्नै एस म्यान,विशेष अदालतका न्यायमूर्तीहरु आफ्नै कार्यकर्ता फिट गराइएकौ छ ।

प्रमुख प्रतिपक्षी एमालेलाई महालेखा नियन्त्रक पनि आफ्नै कार्यकर्ता चाहिएको छ । सत्ताबाट किनारामा परेको एमालेलाई अख्तियारमा प्रेम राई,विशेषमा टेकनारायण कुँवर र अब महालेखामा सकेसम्म शिशिर ढुङ्गना अन्यथा राममाया कुँवरलाई फिट गर्न पाए कुनै शक्ति लागेपनि केही जोर चल्ने छैन । आफू र आफ्ना आसेपासेहरुले जति नै बदमासी गरे पछि क्लिन चिट दिने संवैद्यानिक निकायका हर्ताकर्ता आफ्नै छँदैछन् । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *