मिटरब्याज पीडितका समस्या समाधान गर्न अझै चलखेल भइरहेको छ : प्रचण्ड

राजनीति समाचार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याज पीडितका समस्या समाधान गर्न अर्झै चलखेल भइरहेको बताएका छन् ।

बिहीबार महोत्तरीमा मिटरब्याज पीडितका गुनासो सुन्दै अध्यक्ष प्रचण्डले मिटरब्याज पीडितका समस्याप्रति गम्भीर भएर ऐन, संरचना बनाएर काम अघि बढाउन खोजिए पनि अझै पनि चलखेल भइरहेको बताएका हुन् ।

उनले मिटरब्याज पीडितका समस्या समाधान गर्न माओवादीले बल गर्ने धारणा राखेका हुन् । देशका सबै जिल्लामा मिटरब्याज पीडितको समस्या देखिएकाले यसलाई दीर्घकालीन रूपमा नै समाधान गर्नुपर्ने उनले बताएका छन् ।
सो क्रममा मिटरब्याज पीडितहरूले आफूहरूको समस्या राज्यले नसुनेको र पीडा थपिँदै गएको गुनासो समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *