काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अतिरिक्त भन्सार महसुल घोषणाको असर विश्व शेयर बजारमा परेको छ ।
केही दिनयता नराम्ररी प्रभावित भएको शेयर बजार सोमबार खुल्ने अपेक्षा गरिएको हो । तर, बजारमा उथल–पुथल मच्चिएको छ । टोकियोको स्टक एक्सचेन्ज सोमबार समयमै खुल्ने बताइएको छ,भने चीनको सांघाई र हङकङमा एक घण्टा ढिला गरी कारोबार सुरु हुने बताइँदै छ । विश्व बजार प्रभावित हुँदा आइतबार पनि ट्रम्प प्रशासन र अधिकारीहरु भन्सार महसुल तथा ट्यारिफको बचाउमा उत्रिएका थिए । उनीहरुले ह्वाइट हाउसको व्यापार योजना अनुसार चल्ने बाचा यथावत राखेका छन् ।
अर्थ मामिलाका विज्ञहरुले ट्यारिफ उपभोक्ताका लागि भारी पर्ने र बजार मूल्य आकाशिने चेतावनी दिएका छन् । तर, ट्रम्पले बजारमा उथल–पुथल मच्चिदा समेत अमेरिकालाई ‘डटेर काम लिन’ भनी आग्रह गरेका छन् ।