काठमाडौं । गृह मन्त्रालयले सात जना सहसचिवको सरुवा गरेको छ ।
प्रमुख जिल्ला अधिकारी रिक्त रहेका जिल्लामा सहसचिवको सरुवा गरिएको हो । गृह मन्त्रालयले आज सार्वजनिक गरेको सरुवा सूची अनुसार धर्मराज जोशी बाँकेमा सीडीओ भएर गएका छन् । त्यस्तै सङ्खुवासभामा दिव्यराज पोखरेल, खोटाङमा नरहरि घिमिरे, रौतहटमा विनोद खड्का, ओखलढुङ्गामा विजयराज सुवेदी र नुवाकोटमा शशीधर घिमिरे सीडीओको रुपमा पुगेका छन् । योसँगै लामो समयदेखि प्रमुख जिल्ला अधिकारी (सीडीओ)विहीन रहेका खोटाङ र ओखलढुंगाले सीडीओ पाएका छन् ।
त्यस्तै नुवाकोटका प्रमुख जिल्ला अधिकारी रहेका रामकृष्ण अधिकारी गृह मन्त्रालयमा तानिएका छन् ।