सरिता सिकर्मी
च्याउ एक प्रकारको फङ्गस हो । जुन खान योग्य र औषधीय दुबै प्रकारका हुन्छन् । यसमा प्रोटिन, भिटामिन र खनिजहरु पाइन्छन् । च्याउमा हरितकर्ण नभएर ढुसी धागो जस्तो मसिनो र सेतो रङ्गको भएकोले च्याउ एक प्रकारको फुल नफुल्ने ढुसी fungus) हो । हाम्रो शरीरलाई आवश्यक पर्ने बाह्र प्रकारको एमिनो एसीड पाइने भएकोले स्वास्थ्यको हिसाबले यो एकदमै फइदाजनक रहेको छ । च्याउ खेतीको विश्व इतिहास हेर्दा सर्बप्रथम खेती गरिएको च्याउ गानोडर्मा (Ganoderma lucidum) हो । जसको खेती सर्वप्रथम दुई हजार वर्ष अघि चिनमा भएको थियो । गानोडर्मा च्याउलाई च्याउको राजापनि भनिन्छ ।
खान योग्य च्याउ र विषालु च्याउ छुट्याउने तरिका :
रङ्गको पहिचान: खान योग्य च्याउको रङ्ग प्राय सेतो, खैरो वा पहेलो हुन्छ भने विषालु च्याउ प्राय रङ्गीबिरङ्गी हातले छुँदा त्यसको रङ्ग फेरिन्छ प्राय निलो हुने गर्छ ।
गन्ध : विषालु च्याउमा अप्रिय गन्धका हुन्छन् ।
छाला र स्टेम : खान योग्यमा गोलो छाला र सिधा स्टेम हुन्छ ।
स्पोर प्रिन्ट : खान योग्यको स्पोर प्रिन्ट सेतो,खैरो वा कालो हुन्छ।
सामान्यतया खान योग्य च्याउको आयु छोटो हुने र केही दिनमै ओइलाउँछ । विषालु च्याउ भने धेरै दिनसम्म उस्तै रहिरहन सक्छ । विषालु च्याउलाई भाँच्दा त्यसबाट दूध वा चोप निस्कन्छ ।
विषालु च्याउ खाँदा कलेजोलाई असर गर्छ र पित्तमा पुगेर नयाँ पदार्थ बनाउँछ र त्यसले मिर्गौलाको काम गर्ने क्षमता पनि कमजोर बनाउँछ । जसले गर्दा कलेजो र मिर्गौला फेल भएर मान्छेको मृत्यु समेत हुन सक्छ ।
नेपालमा वर्षेनी विशेषगरी वर्षातको समयमा ४० देखि ५० जनाले जंगली विषालु च्याउ खाएर अकालमै ज्यान गुमाएका घटनाहरु प्रसस्त छन् ।
खान मिल्ने च्याउहरुको बारेमा :
कन्य च्याउ : नरम, स्वादिलो, प्रोटिनले भरिपूर्ण हुन्छ ।
गुच्छे च्याउ : विशेष स्वाद र गन्धका लागि प्रसिद्ध ।
सिताके च्याउ :औषधीय गुण भएको, विशेषगरी स्वास्थ्य लाभको लागि खाइन्छ । च्याउ फलाङको सामान्य स्वरुप (च्याउको माथिको भाग अगद, cub, gills,विचको भाग ring,stipe अन्तीम भागमा cup हुन्छ ।
खान नमिल्ने च्याउको बारेमा :
अमानीता (फर्सी च्याउ) : अत्यन्त विषालु, खान नहुने
डेडली वेबकैप : सेवन गर्दा मिर्गौला फेल हुने । आदि
विषादी च्याउको माथि छाता छान्दा खस्रो एवं तल माथि उठेको देखिएमा विषालु अनुमान गर्न सकिन्छ ।
विषालु च्याउको वरिपरि किराहरु नलाग्ने हुन्छ । त्यसैले विषालु च्याउ आकर्षण देखिन्छन् ।
च्याउलाई कुखुराको अण्डा एवं दुधमा राख्दा केहि समय दुध फाट्ने एवं अण्डा जमेमा उक्त च्याउलाई विषालु मानिन्छ ।
नेपालमा विशेष गरी खेती गरिएका च्याउका जातहरु :
कन्ये च्याउ (oystre mushroom)
गोब्रे च्याउ (White Buttom mushroom)
पराले च्याउ (straw mushroom)
सिताके च्याउ÷मृगे च्याउ (shitake mushroom)
गानोडर्मा (Ganoderma lucidum)
कन्ये च्याउ : गर्मी र जाडो दुबै मौसममा गर्न सकिन्छ । यसको खेती तराईमा हिउँदमा गरिन्छ । जाडो र गर्मी मौसममा गरिने च्याउका जातहरु फरक छन् ।
गोब्रे च्याउ : जङ्गली अवस्थामा उम्रिने भएकोले यो जातको च्याउलाई गोब्रे च्याउ भनिएको हो । यो च्याउको खेती मौसम हेरी पहाडी भेगदेखि तराईसम्म गर्न सकिन्छ ।
सिताके च्याउ : यो च्याउको छाताको बाहिरी सतहको रङ्ग कलेजि खैरो रङ्गको हुन्छ । त्यसमा सेतो थोप्लाहरु हुन्छन् । त्यसैले यो च्याउलाई नेपालीमा मृगे च्याउ भनिन्छ ।
पराले च्याउ : पराले च्याउ एक स्वादिष्ट च्याउ हो , जुन विभिन्न परिकारहरुमा प्रयोग गरिन्छ । यसको नरम बनावट रमाइलो स्वादका कारण यसलाई विभिन्न खानामा लोकप्रिय बनाइएको छ ।
(रेशी च्याउ)Ganoderma lucidum :च्याउ प्रजातिहरुमा सबैभन्दा उत्कृष्ट जडिबुटी हो । यसको सेवन गर्दा रोगहरुबाट बच्न सकिन्छ । साथै शरीरको समस्याहरुको उपचार गर्न र प्रतिरोधात्मक क्षमता बढाउने गर्दछ ।
प्रत्येक च्याउको बृद्धि विकास प्रकृयामा प्रमुख दुई अवस्था हुन्छन् माइसेलिया (ढुसी तन्तु) र फलाङ्क (फ्रुटबडि) विकास । च्याउ खेती गर्नाले विभिन्न प्रकारका खेतीबालीबाट उत्पादित उप–उत्पादन (धानको पराल, गहुँको छ्वाली, तोरीको गट्टे) आदि हरुको सहि खपत हुन गई वातावरणमा कुनै नराम्रो असर पर्दैन बरु वातावरण सप्रन्छ ।
स्रोत : कृषि तथा पशुपन्छी डायरी
ल्ब्च्ऋ ज्ञानकुञ्ज किताब तथा विभिन्न अनलाइनबाट

