तक्मामा चुच्चे नक्सा गायब

समाचार

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले चाहेको खण्डमा कस्ता–कस्ता नहुने काम एक निमेषमै तमाम हुन्छ । तर, प्रधानमन्त्री ओलीकै अनिच्छा हुँदा झण्डै ९ करोड खर्चेर बनाइएको ६३३ थान तक्माबाट चुच्चे नक्सा गायब भएपछि अहिले चिया पसलदेखि संसदसम्म चुच्चे नक्साबिनाको तक्मा राजनीतिक गफको पेचिलो विषय बनिरहेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वलाई गत शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा विभिन्न मानपदवी, अलंकार र पदकबाट सुशोभन गर्नुभयो । अघिल्लो वर्ष कोरोना कहरका कारण रोकिएको विभुषण गत २७ चैतमा वितरण गरिएको हो । गत वर्ष ०७६ साल असोज ३ गते संविधान दिवसका दिन घोषित विभूषणमध्ये मानपदवीबाट राष्ट्र निर्माणमा अतुलनीय योगदान दिनेहरूलाई सुशोभन गरियो । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७६ का अवसरमा २०७६ भदौ ३१ को निर्णयबाट विभूषण प्रदानका लागि ४५० लाई घोषणा गरिएकामा कोभिड–१९ का कारण कार्यक्रम हुन नसकेका कारण सुशोभन हुन नसकेकालाई पनि सुशोभन गरिएको छ । बाँकी रहेकालाई आउँदो बैशाख १ गते सुशोभन गरिने कार्यक्रम तय भएको छ । जसमध्ये महाउज्जवल राष्ट्रदीप २ जनालाई, सुप्रशिद्ध प्रवल जनसेवाश्री ७ जनालाई, प्रशिद्ध प्रवल जनसेवाश्री १ जनालाई, उज्ववल कीर्तिमय राष्ट्रदीप ९ जनालाई र सुप्रवल जनसेवाश्री ११२ , कीर्तिमय राष्ट्रदीप ८, प्रवल जनसेवाश्री २००, जनसोश्री ११० लाई प्रदान गरिएको छ । यस्तै अलंकारबाट १५५ लाई विभुषित गरिएको छ । मानपदवी, अलंकार र पदक गरी ६३३ लाई विभुषित गरिएको हो ।
तक्मामा नेपालको नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानी समावेश नगरिएको भन्दै अहिले शंका र उपशंकाले डेरा जमाएको मात्र छैन सोमबार सदनमै चुच्चे नक्साको राजनीतिको बारेमा प्रश्न उठाए कांग्रेसका सांसदहरूले । गत जेठ ५ मा संसदबाट पारित भएको चुच्चे नक्सा त्यसको १० महिनापछि वितवरण गरिएको तक्मामा गायब पारिनु, चुच्चे नक्सा पाठ्यपुस्तकहरूमा समावेश नगरिनुलगायतका कारण पनि प्रश्न उठ्न थालेको हो ।
हालै वितवरण गरिएको तक्मामा नेपालको नक्सामा भारतले अतिक्रमण गरेको भूमि नसमेटिएको भन्दै व्यापक आलोचना सुरु मात्र भएको छैन । केहीले तक्मा नै फिर्ता गरेका छन् । लामो समय नेपाल टेलिभिजनको समाचारवाचिकाको रूपमा काम गरेकी पत्रकार लक्ष्मी पुनले नयाँ नक्सा नसमेटिएको तक्मा आफूले फिर्ता गर्ने घोषणा मात्र गरिनन्, उनले निवेदनै दिइसकेकी छन् । गृहले भने चुच्चे नक्सा जारी हुनु अघि कै पदक वितवरण भएका कारण समेट्न नसकेको तर्क पेस गरेका छन् । देशको स्वाभिमान उठाएँ भन्नेले जाबो पदकको नक्सा परिवर्तन गरेर अर्को बनाउन सकिँदैनथ्यो होला र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *