युवा संघ नेपालको नेतृत्व छान्न निर्वाचन कार्यक्रम सार्वजनिक

राजनीति समाचार

काठमाडौं । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको नयाँ नेतृत्वको चयन निर्वाचनबाट हुने भएको छ ।

प्रमुख निर्वाचन अधिकृत मदन प्रसाद तिवारीले निर्वचन कार्यक्रम सार्बजनिक गर्दै आज साढे ४ बजेदेखि ६ बजेसम्म उम्मेदवार मनोनयन हुने बताएका छन् । अध्यक्षका लागि वर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीबीच प्रतिस्पर्धा हुने बताइएको छ । अध्यक्षका दावेदार थेबे यसअघि महासचिव हुँदै संघको नवौं महाधिवेशनबाट अध्यक्ष चुनिएका थिए भने पुरी यसअघि उपाध्यक्ष र हाल महासचिव रहेका छन् ।

थेबेलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, पूर्वअध्यक्ष महेश बस्नेत लगायतको समर्थन रहेको बताइन्छ । त्यस्तै पुरीलाई एमाले स्थायी कमिटी सदस्य कर्ण थापा, एमाले नेता विनोद ढकाल लगायतको समर्थन रहेको बताइएको छ ।

पुरीले आफुले एमालेको सुखी नेपाली, समृद्ध नेपालु भन्ने राष्ट्रिय आकांक्षा साकार पार्न तथा मिसन ८४ को लक्ष्य प्राप्तिमा योगदान पुर्‍याउने उद्देश्यले आगामी कार्यकालका लागि राष्ट्रिय युवा संघ नेपालको अध्यक्ष पदमा उमेद्वारी प्रस्तुत गरेको बताएका छन् । उनले संगठनलाई नयाँ ऊर्जाशील नेतृत्व आवश्यक भएको बताउदै संगठनमा प्राप्त अनुभव, क्षमता र समर्पणका आधारमा आफु यो जिम्मेवारी सम्हाल्न योग्य ठानेको उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *