काठमाडौं, भक्तपुर, ललिततपुर, कागेश्वरी–मनहरा नगरपालिका, टोखा नगरपालिका, ताकेश्वर नगरपालिका,दक्षिणकाली नगरपालिका, चन्द्रागिरि नगरपालिका, किर्तिपुर नगरपालिका जस्तै उपत्यकाबाहिर पोखरा, भैरहवा, विराटनगर र अन्य सहरी क्षेत्रहरूमा अहिले व्यापकरूपमा मानिसको भन्दा बढी भीड कुकुरहरू (जनावर)को देखिन्छ । तर, यसको नियत्रण कसले गर्ने त ?
पशुअधिकारकर्मीहरूले कुनै पनि जनावरलाई मार्न पाईँदैन भन्ने एउटा कानुनी उपधारणा बनाएको थियो । तर, यसको परिपालना कसले गर्ने ? अहिले सहरी क्षेत्रदेखि लिएर जताततै कुकुरको भीड लाग्ने गरेको छ । जता पनि कुकुरहरू छ्याप्छ्याती बाटोमा हिँडिरहेको र दगुरिरहेको देख्न पाइन्छ । दिनप्रति दिन कुकुरको सख्या वृद्धि भएको देखिन्छ । यसको रोकथाम कसले गर्ने र यी जनावरहरूको रेखदेख र खानपिनको व्यवस्था कसले गर्ने ? भन्ने विषयमा भने कुनै पनि निकाय वा संघ÷संस्थाले उचित ध्यान दिएको छैन ।
पशुपालन अधिकारकर्मी भनिनेहरूले खोई त विचार गरेको ? यिनीहरूको के कानुन छ त ? आजको दिनमा बाटोमा पैदल हिड्न पनि डरलाग्दो अवस्था छ । आम मान्छेहरू बाटोमा हिँडिरहेको बेला अचानक भूस्याहा कुकुर आएर कतिबेला भmम्टिन्छ थाहै हुँदैन । कुकुरले कतिलाई टोकेर बिरामी बनाएको छ, कसैलाई थाहा छ ? यो कुरा मैले आफैँ भोगेको छु ।
कडाउनभन्दा पहिले म वसन्तपूर यर्गाल बस्थेँ । एकदिनको कुरा हो, मसँगै बस्ने अनिता भाउजुको छोरा १३ वर्षीय कनैयाँ गिरी भिmमभिmस साँभm परेको बेला दोकानबाट केही खानेकुरा किनेर घर फर्किरहेको थियो । अचानक पछाडिबाट आएर कुकुरले टोकेर कनैयाँको साप्रामा ४ ओटा दाँत गाडेको थियो र घुडामा पनि दाँतले चिथोरेको थियो । बिहान ७ बजे उठेर मैले नै टेकू अस्पताल लगेर गएकी थिएँ । मजस्तै धेरै बिरामीहरू कुकुरले टोकेको भन्दै रेबिजविरुद्धको सुई लगाउन घुइँचो लाइनमा बसेका थिए । हेर्ने हो भने दिन प्रतिदिन कुकुरले टोकेको भन्दै बिरामीहरूको घुइँचो लाग्ने गर्छ टेकू अस्पतालमा । तर, यस विषयमा कसैले अवाज उठाउन सकेका छैनन्, किन होला ? न त आम जनताहरूले नै आवाज उठाउन सक्छन् न त कुनै पशुअधिकारकर्मीले नै व्यवस्थापन गर्न सकेका छन् । महानगरपालिका र स्थानीय सरकार पनि बेखबर बनेको अवस्था छ ।
कुकुरजस्तै छाडा गोरु गाईहरू पनि हामी रोडमा प्रसस्त मात्रामा जताततै देख्न सक्छौँ । नेपालीहरूले गाई त पाल्छन् तर, त्यो गाईले बाच्छाबाच्छी पाएपछि दुईदेखि तीन महिनाको हुनेबित्तिकै खुला ठाउँमा अथवा सडकमा लगेर छाड्ने गरेका छन् । ती छाडा गोरु, गाई र कुकुरहरूले गर्दा दिन–प्रतिदिन वातावरण प्रदुषण र दुर्घटनाको संख्या पनि बढ्दै गइरहेको छ । ती गोरु–गाईको बाच्छाहरूलाई कुकुरले टोकेर मार्ने गरेका छन् । बाटोमा गाडीले ठक्कर दिएर मर्ने गरेका छन् । यसरी मरेका जनावरहरू बाटोमै सड्ने गरेका छन् । त्यसरी सडकमा बेवारिसे जनावरको शव व्यवस्थापनमा कसैले चासो गरेको देखिँदैन ।
बेवारिसे जनावरको लासले गर्दा जथाभावी रोगहरू फैलिने र वातावरण प्रदुषण हुने गरेको देखिन्छ । यति हुदाँसम्म पशुअधिकारकर्मी मुकदर्शक बनेर बसिरहेका छन् । आखिर के गरेर बसिरहेका छन् त ती सुरक्षा निकायका कर्मचारीहरू ? किन जिउँदा र मरेका जनावरहरूको व्यवस्थापन गर्न सकेका छैनन् ? त्यस्तै अन्य निकायका स्वास्थय कर्मचारीहरूले पनि कुनै ध्यान नदिएको र स्वास्थ्य सेवा क्षेत्रकाहरूले पनि ध्यान नदिएको देखिन्छ । मन्त्रालय अन्तर्गतका संगठनका कर्मचारीहरूले पनि वास्ता गरेका छैनन् । यसबारे कसैले पनि अवाज उठाउन सकेका छैनन् ।
वास्तवमा महानगरपालिका र उपमहानगरपालिकाका स्वास्थकर्मी पशुअधिकारकर्मीहरूको सहकार्यबाट यसको निराकरण गर्नुपर्ने र जनावरहरूलाई यस्ता दुर्घटनाबाट बचाउन र हाम्रो वातावरण प्रदुषण हुनबाट बचाउनुपर्ने अवस्था देखिन्छ । तर, यसबारे कुनै पनि नीति–नियम परिपालन भएको देखिँदैन । नत नेपाली जनताले नै ध्यान दिएका छन् । अन्य निकायका कर्मचारीहरूले नै यसबारे ध्यान दिएको देखिँदैन ।
यसबारेमा आमजनतामा निरासा छाएको अवस्था देखिन्छ । राजनीतिक दलका नेताहरू त यसबारे नीतिनियम र कानुनको धर्जी उडाएर हिँड्ने गरेका छन् । राजनीतिक दलका सांसदहरूले नीति–नियम बनाउनुभन्दा आफ्नो राजनीतिक पार्टीको कुर्सीमा बसी सरकार गिराउने र मन्त्री बन्ने राजनीतिक नियुक्ति खाने आफ्ना छोराछोरी, भाइभतिजा, सालासाली, दिदीभिनाजु, आफ्नै नातागोता पर्नेहरूलाई महत्वपूर्ण ठाउँमा जागिर दिने चलन चल्दै आएको छ । भन्नका लागी नेपाली जनता भनेर कुर्लने नेताहरू मात्र बढी हाबी भएका छन् । नीतिनियम बनाउने र कार्यनयन गर्नेको बाटोमा लाग्न छोडेर उनीहरू जहिले पनि राजनीतिक दलको भmण्डा बोकी हिँड्ने गरेका छन् ।
वास्तवमा भन्नुपर्दा नेता र सांससदहरूले पनि गाडी लिएर हिँड्दा पिच सडकमा छाडिएका गोरु गाई र कुकुरहरूको भीड देख्नुपर्ने हो । तर, सांसद र नेताहरू देखेर पनि नदेखेजस्तै गरी सडकमा गाडी हुँइकाई रहेको देखिन्छ । यसरी गाडी चल्दा सडकमा गाडीले ठक्कर दिएर कतिपय गोरु–गाई र कुकुरहरू र अन्य जनावरहरूको पनि मृत्यु हुने गरेको छ र गाडी पनि दुर्घटनामा पर्ने गरेको छ । यसबारेमा कोही पनि जानकार छैनन् ।