नियुक्तिका लागि बालुवाटारमा रेग्मी देउसी प्रम ओलीले तिर्लान् त न्यायाधीशलाई गुण ?

प्रशासन

पद, थोरै दौडधुप धेरै । मंगलबार रातिदेखि लोकसेवाका सबै पदाधिकारी रिक्त भएपछि त्यहाँ जानका लागि बहालवाला प्रशासकदेखि भूतपूर्व प्रशासकसम्म एक अर्काेबीच तीव्र प्रतिस्पर्धा चल्दैछ । यही भीडमा अग्रपंक्तिमा छन् एक जना झापाली । नियुक्तिका सन्दर्भमा सिंहदरबारभित्रका चर्चा सुन्ने हो भने यस्तो पनि लाग्छ, प्रधानमन्त्री केपी ओली सिंगो देशको होइनन्, मात्र झापाका प्रधानमन्त्री हुन् । जस्तो अघिल्लो साता राष्ट्र बैंकमा दुई जना डेपुटी गभर्नर बने, दुवै झापाली ।
अहिले यही झापाको साइनो लगाउँदै पूर्व प्रशासक माधव रेग्मी लोकसेवा आयोगको अध्यक्ष बन्न शक्तिकेन्द्रहरू मा देउसी खेल्दैछन् । उनी हालै सर्वाेच्च अदालतका न्यायाधीश बनेका कुमार रेग्मीका साखै दाइ हुन् । कुमार खाँटी हिन्दुवादी, खुमबहादुरको कांग्रेसभित्र हिन्दुवादी लाइनमा अग्रपंक्तिमा उभिएका, प्रधानमन्त्रीकै गृहजिल्ला झापा, गौरादहको धिमधिमे टोलका स्थानीय । कांग्रेसको कोटाबाट प्रतिनिधिसभामा चुनाव लड्छु भन्दै हिँड्दा त्यहीँका स्थानीयले तपाईं चुनाव लड्न पनि सक्नुहुन्छ, चुनाव जित्न पनि सक्नुहुन्छ तर धिमधिमेलाई मात्र एउटा प्रतिनिधिसभाको क्षेत्र बनाइएको खण्डमा मात्र भनेर उडाइन्थ्यो । उनकै दाजु माधवको दाबी छ, मैले लोकसेवामा युकेमा गएर अध्ययन गरेको, लोकसेवामा दशौं वर्ष काम गरेको कारण आफू नै अध्यक्षका प्रवल दाबेदार भन्दै हिँड्न थालेका छन् ।
जसरी भारतीयहरूको दबाब र प्रभावमा खिलराज रेग्मीको सरकार बन्यो र लोकमान सिंह कार्कीको उदय भयो । उसैगरी वर्तमान सरकारसँग नजिक रहेका र ओलीका विश्वासपात्र मध्येका एक (जस्को फैसलाले सिंगो कम्युनिष्ट पार्टीलाई दुई चिरा बनाएनन् मात्र नेकपा एमाले ब्युताँएर त्यस्को ताला चाबी ओलीलाई सुम्पिदिएका छन्) सोही गुनको बदलामा उनका दाजु माधवले पनि संवैधानिक निकाय लोकसेवामा नियुक्ति पाउने र अरुले चक्मा खाने स्थिति त आउने हैन ?
यता लोकसेवाको पदाधिकारी बन्ने दौडमा पूर्व सचिव गजेन्द्र ठाकुरदेखि कौशल किशोर झा, केदारबहादुर अधिकारी, राजीव गौतम, चन्द्र घिमिरेसम्म छन् । ओली वंशावली समाजमा महासचिव तथा वन मन्त्रालयका सचिव विश्वनाथ ओलीहरू पनि यो दौडमा छन् । मुख्यसचिव बन्ने लाइनमा रहेका चन्द्र घिमिरे र केदार बहादुर अधिकारीलाई प्रधानमन्त्री ओलीले म हेरौँला भनेर आश्वासन दिएका कारण दुवै लोकसेवामा नियुक्ति पाउनेमा आशावादी छन् । तर, नयाँ नयाँ पात्रको उदय हुन थालेसँगै उनीहरूको मन खंग्रंग भएको छ ।
उता, कंथकदाचित सत्तासमीकरण एमाले र मधेशवादी दल राजपाबीच भएको खण्डमा महन्थ ठाकुरले संवैधानिक निकायमा दाबी गर्छन् । महन्थ यस्ता पात्र हुन्, जो आफ्ना नातागोता र परिवारभन्दा कहिल्यै माथि उठ्न सकेनन् । विगतमा एउटै मात्र छोरीको विवाह उमाकान्त झाको छोरासँग गर्दा विवाहभन्दा अगावै दाइजोको रूपमा दोश्रो संविधानसभामा सम्धिनीलाई सभासद् बनाएका थिए । जसलाई साधरण लेखपढ गर्न समेत आउँदैनथ्यो । त्यसैगरी, पहिलो संविधानसभामा सर्लाहीबाट पराजय बेर्होदासमेत मनोनित भई सविधानसभा भवन छिरेका थिए ।
सम्धी उमाकान्त झालाई खिलराजको पालामा मन्त्री, शेरबहादुर देउवाको समयमा लुम्बिनी प्रदेशको प्रमुख बनाउन भ्याएका थिए । गिरिजाको गोजीका खास मान्छे उनी १० पटक बढी मन्त्री भएका वृद्ध महन्थ अहिले पनि पद र प्रतिष्ठाका लागि दौडधुप बाक्लो देखिन्छ । पावरमा हुँदा भाषणमा मधेसी जनताका लागि भने पनि मधेशका जानकारहरूका अनुसार उनी यति संकीर्ण छन् कि, मधेशभित्रका ब्राह्मणबाहेक अरु कसैलाई जनता देख्दैनन् । जसरी प्रचण्ड भित्ते राष्ट्रपति बने उसैगरी पछिल्लो समय महन्थ पनि भित्ते प्रधानमन्त्रीदेखि उपसभामुखसम्म बनेका छन् । अहिले भैंसेपाटीमा उमाकान्त र महन्थको लगानीमा छोरीको लागि महल किनिदिएका छन् । तर, हल्ला गरिएको छ छोरीको घर । जसपाभित्रका युवाहरू त्यो घर उनै महन्थले किनिदिएको चर्चा गर्दछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *