प्रचण्डको योजना सोमशर्माको सपना

समाचार

ओली नेतृत्वको वर्तमान सरकारलाई विस्थापित गरेर कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नेपाली कांग्रेस माओवादी केन्द्र र जनता समाजवादीको संयुक्त सरकार गठन गर्ने अवधारणा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ल्याएका छन् । आफ्नो यो अवधारणा अनुसार नयाँ सरकार गठन गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निरन्तर रुपमा दौडधुप गरी राखेका छन् । तर जनता समाजवादीले वर्तमान सरकारलाई विस्थापित गरेर देउवाको नेतृत्वमा तीन दलको संयुक्त सरकार गठन गर्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रस्तावलाई समर्थन गरेको छैन र जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो यही सरकारलाई निरन्तरता दिने पक्षमा छन् । यही कारणले गर्दा यस विषयमा जनता समाजवादीले निर्णय गर्न सकेको छैन । तथापि जनता समाजवादीले यो सरकारलाई नै समर्थन गर्ने स्थिति कायम रहेको घटना क्रमले देखाएको छ । जनता समाजवादीले समर्थन नगर्दा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अगाडि सारेको यो सरकारलाई विस्थापित गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन गर्ने प्रस्ताव सोमशर्माको सपना हुने स्थिति बन्न थालेको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *