कांग्रेस नेता पौडेल र सिटौलाको नौटंकीपूर्ण गतिविधि

राजनीति

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला वर्तमान संसदमा सांसद छैनन् । यसैगरी सिटौला र पौडेल कांग्रेसको नेतृत्व गर्ने सभापति पदमा पनि आश्रित छैनन् । पाँच वर्ष अगाडि सम्पन्न भएको १३ औंं महाधिवेशनमा शेरबहादुर देउवाले सभापतिका लागि भएको प्रतिश्पर्धामा रामचन्द्र पौडेल र कृष्ण सिटौलालाई पराजित गरेका थिए । यसैगरी संसद नै नभएको कारण पौडेल र सिटौला कांग्रेसको संसदीय दलको नेता पनि छैनन् । र, कांग्रेस सभपाति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा संयुक्त सरकार गठन गर्ने गृहकार्य गर्ने अख्तियारी पनि नेताद्वय पौडेल र सिटौलालाई दिएका छैनन् । तथापि कांग्रेस नेता सिटौला र पौडेलको गतिविधि भने वर्तमान सरकारलाई विस्थापित गरेर सभापति देउवाको नेतृत्वमा नयाँ सरकार गठनमा केन्द्रित रहेको छ । र, केपी ओलीलाई प्रतिक्रियावादी र प्रतिगमनकारीको बिल्ला लगाई दिँदै कांग्रेस नेता पौडेल र सिटौलाले यो कसरतलाई अगाडि बढाएका हुन् । पार्टी भित्र प्रतिश्पर्धी रहेका सभापति देउवालाई प्रधानमन्त्री बनाउन नेता द्वय पौडेल र सिटौला किन यसरी सक्रिय भई राखेका छन् भन्ने अहिलेसम्म कसैले बुझ्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *