प्रधानमन्त्री ओलीको चुनौती

समाचार

प्रधानमन्त्री पदबाट आफूलाई हटाएर तीन दलको अर्को सरकार गठन गर्ने एक सुत्रीय योजनामा लागि परेका माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री केपी ओलीले आफ्नो सरकारलाई दिएको समर्थन फिर्ता लिन चुनौती दिएका छन् । वर्तमान सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिँदै माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले केपी ओलीलाई प्रधानमन्त्री पदबाट हटाउने एक सुत्रीय कसरत गरिरहँदा प्रधानमन्त्री ओलीले यो चुनौती दिएका हुन् । बहुमतको सरकार गठन गर्न जनता समाजवादी पार्टी (जसपा) निर्णायक हुने भए पनि जनता समाजवादीले ‘प्रचण्ड’ले प्रस्ताव गरेको तीन दलको संयुक्त सरकारलाई समर्थन नगर्ने निश्चित भएपछि यो चुनौती दिएका हुन् । किनभने जसपाको समर्थन बिना बहुमतको सरकार गठन हुन सक्दैन र माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिँदा प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा बहुमत पु¥याउन नसके संविधानअनुसार मध्यावधि निर्वाचन गर्ने बाटोसमेत खुल्न जान्छ । यही कारणले गर्दा माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन भने प्रधानमन्त्री ओलीले दिएको समर्थन फिर्ता लिन माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’लाई चुनौती दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *