युवाहरू कुलतमा फस्नुको कारक यातायात व्यवसायी

समाचार

काठमाडौं– अधिकांश युवाहरू गरिबीको कारण विभिन्न जिल्ला र गाउँ–गाउँबाट पढाइ छाडी सहरमा आउने र रोजिरोटीका लागि यातायात मजदुरका रूपमा काममा लाग्ने गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत पर्ने यातयात व्यवसायीहरूको छाता संगठनले नेपालका ७ वटै प्रदेशमा सञ्चालन गरेका यातायात व्यवसायीले आफ्नो खुट्टामा आफैले बन्चरो प्रहार गर्ने गरेका छन् ।
अधिकांश गाडी चालक र सहचालकको योग्यता र क्षमता नहुँदा प्रायः यातायात व्यवसायीहरू धरापमा पर्ने गरेका छन् । किनकी गाडी चालक र सहचालकले जथाभावी मादक पदार्थ सेवन गर्ने र गाडी चलाउने गरेका छन् । अधिकांश चालक र सहचालकले लागुपदार्थ सेवन गरेर सवारी चलाउँदा जथाभावी गाडी दुर्घटना हुने यातायात व्यवसायीलाई क्षति हुने अकालमै यात्रुहरूको मृत्यु हुने गरेको छ । बसपार्कहरूमा गाडी चालक र सहचालक लागुपदार्थ सेवन गरी विदेशदेखि आएका यात्रुहरूको सरसमानहरू लुट्ने, गुन्डागर्दी गर्ने र जथाभावी लागुपदार्थ खाने, होहल्ला गर्ने, केटीहरूलाई जिस्काउने, बलात्कार गर्नसम्म पछि परेका छैनन् । लागुपदार्थले दूव्र्यसनी बढ्ने गरेको छ । तर, यस्ता विषयमा न त कुनै अनुगमन छ, न त कुनै कारबाही नै छ । किनकि यस्तो व्यवहारले गर्दा अधिकांश युवाहरू जथाभावी कुलतमा फस्ने र फसाउने काम यतायात व्यवसायी महासंघले गर्दै आएको छ । उनीहरूको सुरक्षासमेत गर्न सकेको छैन र यस्को जोखिम दिन प्रतिदिन बढ्दै गएको छ ।
अधिकांश चालक र सहचालकले आफ्ना घरपरिवारलाई समेत दुखः दिने, रुवाउने, लागुपदार्थ सेवनले गर्दा आफ्नो घरको सरसमान समेत चोरेर बेचेर खाने गरेका छन् । यस्तै गाडी एकान्त ठाउँमा बिग्रेमा गाडीको हेरचाह गर्न सहचालक (खलासी) लाई राखेर आफू होटलमा गएर बस्ने गरेका छन् । यसरी एकान्त बाटो, घनाघोर जंगलमा एक्लै बस्नुपर्दा वन्यजन्तुको आक्रमण र लठैतहरूको आक्रमणबाट बच्न, डरत्रास हटाउन, पनि अधिकांश खलासीहरू लागुपदार्थ सेवन गर्ने गरेका छन् । उनीहरूले भारतसँगको खुला सिमानाको फाइदा उठाउँदै भारतदेखि लागुपदार्थ ल्याउने र नेपालमा बेच्ने गरेका छन् । त्यसैगरी चोरीको समानहरू पनि बेच्ने गरेको पाइन्छ ।
नेपालका व्यापारीहरू पनि यस्तै गाडी चालक र सहचालकलाई प्रयोग गरी लागुपदार्थ र चोरीको समानहरू भारतबाट ओसार पसार गर्ने काममा मिलेका हुन्छन् । चालक र सहचालक पनि गाडीको डिकीमा होस् वा गाडीको सिटमा होस् आगुपदार्थहरू लुकाएर कालो व्यापार गरिरहेका छन् । यसरी चोरी–तस्करी बढाउने काम यातायात व्यवसायीबाटै हुँदै आएको छ । यदि यस्तो हुने थिएन भने अधिकांश गाडीमा काम गर्ने चालक र सहचालकहरू लागुपदार्थ खाएर बाटो–बाटोमा होहल्ला गर्ने, आफ्नो घरपरिवारलाई रुवाउने र घरै नजाने गर्दैन थिए ।
उनीहरूसँग सिभिल ड्रेसमा घुम्ने घुमुवा प्रहरीको पनि मिलोमतो भएको देखिन्छ । यातायात व्यवसायीकै लापरबाहीको कारणले अधिकांश युवायुवतीहरू पीडित भएको देखिन्छ । यसरी जोखिमपूर्ण अवस्था यातायात व्यवसायीहरूको उदासिनताका कारणले गर्दा आएको हो ।
वास्तवमा भन्नुपर्दा पूर्व मेचीदेखि पश्मिम महाकालीसम्म यातायात सञ्चालन गरेका यातायात व्यवसायीले यस्को नियन्त्रण गर्न सकेको छैन । यस्को अनुगमन गर्ने निकाय पनि कानमा तेल हालेर बसेको देखिन्छ । यातायात व्यवसायीले यिनै चालक र सहचालकलाई प्रयोग गरी पैसा कमाउने धन्दा चलाएका छन् । यसरी गाडी चालक र सहचालकले पनि यातायात व्यवसायीलाई धरापमा पारी यात्रुबाट उठेको रकम थोरै यात्रुबाट उठेको र यात्रुहरू नै बाटोमा नपाएको बाहानाबाजी गरी खाली कमिसन खाने र पैसा लुकाउने गर्छन् । यस्तै, रात्रिकालीन बस सञ्चालकहरूले पनि पश्चिम महाकालीदेखि पूर्व मेचीसम्मका हाइवे स्थानमा खोलिएका रात्रिकालीन होटलहरूमा कमिसन दिने होटलहरूमा राति गाडी रोक्ने र यात्रुहरूलाई बासी, सडेगलेको खाना खुवाउनेसम्म गरेका छन् ।
होटलहरूले पनि यात्रुहरूलाई खाना खुवाएवापत चालकलाई सुरा र सुन्दरी सुम्पने गरेका छन् । यस्को अनुगमन कसैले गरेको छैन । यात्रुहरूलाई चालकले होटलमा खाना खुवाएवापत यात्रुहरूवाट होटल मालिकले महँगो पैसा असुल्ने गरेका छन् । अधिकांश हाइवे बाटोमा खानाको गुणस्तर कमजोर रहेको, फोहोरको डंगुरमै ‘खाना खाए खा नखाए घिच, नत्रभने भोकै मर’भन्ने सम्मको व्यवहार यहाँ हुन्छ । यसबारेमा न सरकारलाई जानकारी छ, न त अनुगमन नै छ । यस्तो लापरबाही हुँदैछ हाम्रो देशमा । यसको अनुगमन कस्ले गर्ने ?
यस्तै, अधिकांश बसपार्कहरूमा चालक र सहचालक बीचमा एकआपसमै भmगडा गर्ने र लागुपदार्थ खाने र जथाभावी गाडी कुदाउने बसपार्कका होटलहरूले पनि चालक र सहचालकलाई गाडी रोकिदिएवापत होटलवालाहरूले चालकलाई ‘ज्वाइ सम्मान’ गरी खुवाउने गरेको र सुरा र सुन्दरीमा फसाउने गरेको एक गाडी चालकले नाम नबताउने सर्तमा तामाकोसी सन्देशलाई बताएका छन् । बसपार्कमा गाडी पार्किङ्ग गरिसकेपछि भोलिपल्ट बिहान अथवा बेलुका बस छुट्ने समयमा वृद्ध आमाबुबा, असायहरूलाई बस्ने सिट नदिएर बसको बीचमा मुढा राखेर बसाएर लग्ने गरेका छन् । कदंकथाचित ट्राफिक चेकिङमा प¥यो भने पनि ट्राफिकलाई केही नजराना दिएर छुट्ने तीव्र गतिमा गाडी कुदाउने, गीत घन्काएर गाडी तिव्र रूपमा हाँक्ने गरेका छन् । हाइवे सडक भएको कारणले चालक र सहचालक लागुपर्दाको नसामा रमेकोे देखिन्छ । अधिकांश गाडीलाइनमा काम गर्ने युवाहरू बिग्रिएको अवस्था छ र घरपरिवारको रेखदेख पनि नगर्ने, घरमै नजाने, सधैँ नसामा रमाउने अनि जति कमाएता पनि केटी र रक्सीमा मोजमस्ती गरेर पैसा सक्ने आफ्नो भविष्य पनि अन्धकार बनाउने गरेका छन् । यसरी हेर्दा आम नेपाली आमाबुबा दिदीबहिनीहरूको विचल्नी भएको छ । यसबारे न त नागरिक समाजले नै बोल्छ, न त कुनै निकायले नै रेखदेख गरेको छ । यातायात विभागले पनि यस विषयमा ध्यान नदिएको देखिन्छ । यातायात विभागले अनुगमन गरेको जस्तो त गर्छ, तर। कानुन केही छैन भए पनि लागू गर्दैन । यस्तै लापरबाहीले गर्दा गाडी लाइनका अधिकांश युवाहरू लागुपदार्थमा लागेर बिग्रेका छन् । यस्तै, अहिले गाडी किन्नेहरूको भीड पनि लाग्ने गरेको छ । हेभी गाडी करिब ५ लाखदेखि ७ लाखसम्म एउटा गाडी निकाल्न सक्छन् । बैंकको कर्मचारी र गाडी व्यवसायीहरूको मिलिभगतमा महिनाको ५५ हजार किस्ता तिर्नेगरी बैंकले गाडी लोनमा दिने गरेको छ । अहिले विश्व महामारी कोभिडको कारणले गर्दा यात्रुहरू कम भएकोले र करिव एकवर्ष गाडीहरू चलाउन नसक्दा आम गाडी चालकहरू र सहचालकहरू तलब नै नपाएर भोकभोकै भौतारिरहेका छन् । उनीहरूको आम्दानी नभएको कारण आम यात्रुहरूको डिकीमा र छतमा रहेको समान चोर्ने र आधा मूल्यमा ल्याएर बेच्ने गरेका छन् । यसरी यात्रुहरूको सरसमान बीच वाटोमै हराउने गरेको छ । विदेशबाट ल्याएका बहुमूल्य समानहरू ‘गायब’ भइरहेको छ । यसरी यात्रुहरू बाटोमा धुरुधुरु रुनुभन्दा कुनै विकल्प देखिदैँन । यात्रुहरूको समान चोरी गरी बिक्री गर्ने र लागुपदार्थ खाने एकआपसमा कुटाकुट गर्ने हुँदाहँुदै गाडीका स्टाफहरू नै एकअर्कालाइ आरोप लगाउने मारपिटको घटना समेत घट्न थालेको छ ।
अधिकांश घटनामा प्रहरीको पनि संलग्नता देखिन्छ । प्रहरीले यस्ता व्यक्तिलाई समातेर ल्याए पनि बहुमूल्य सामान प्रहरीकै हात पार्ने र यात्रुको सामान चालक, सहचालक मिलेर खानेगरेका छन् । यदि चालक र सहचालकले प्रहरी प्रयोग नगरे चालक र सहचालकलाई कारबाही गर्ने गरेका छन् । बसपार्क क्षेत्रमा खोलिएका अधिकांश चिया पसलदेखि भट्टिपसलसम्म लागुपदार्थ बिक्री वितरण गर्ने अखडा बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *