वडाबाट पनि ओरालो लाग्यो एमाले

समाचार

काठमाडौं । सत्ता गठबन्धनले संसदमा भएका पाँच दलले चुनावी गठबन्धन गरेपछि सत्ता पक्षलाई चुनौती दिँदै हिँडेका विपक्षी दलका एमालेका अध्यक्ष केपी ओलीले बालुवाको मुलाको संज्ञा दिँदा जनताले दिएको मतपरिणामले झल्कायो । एमालेले राप्रपाका दुई समूह, परिवार दल, लोसपा, जनमत पार्टी मात्र महागठबन्धनमा ल्याएन । अधुरो जनयुद्ध सफल पार्ने नाममा चन्दा आतंक, बम आतंक मच्चाएको नेकपा चन्द पक्षलाई समेत साथमा लियो । एमालेले हृदयेश त्रिपाठीको प्रगतिशील पार्टीलाई पनि गठबन्धनमा लियो । कञ्चनपुरमा रेशम चोधरीको पार्टीलाई सहयोग ग¥यो । एमालेले जसरी पनि सत्ता गठबन्धनलाई हराउनु थियो ।
तर त्यो एमालेले आफैंले घमण्ड देखाएर पार्टी फुटाएर सरकारबाट बाहिरिएको वाण सम्हाल्न सकेन । २०७४ मा २९४ स्थानमा सरकार बनाएको एमालेका अध्यक्ष केपी ओलीको नेतृत्व सञ्चालन असफलताको कारण पार्टी फुट्यो । संघीय सत्ता, प्रदेश सत्ता मात्र गुमेन स्थानीय चुनाव २०७९ मा दोस्रो दल भएकोछ । ७५३ स्थानीय तहमा पहिलो संसदको ठूलो दल भएर पनि एमालेले भ्रष्टाचारलाई प्राथमिकता दिएको आरोप थियो । एमालेले संसद ९ महिना चल्न दिएन । संसदीय इतिहासमा बद्नाम भएपछि एमालेले निर्वाचनको परिणामले ओरालो लाग्दै गर्दा देशका ठूला महानगर, ११ उपमहानगरमा मेयरमा पराजित हुने अवस्थासँगै ठुला नेताको गृह जिल्ला मात्र होइन, वडाबाट पनि एमाले ओरालो लागेको छ । केपी ओलीको गुट प्रेमी शैली र चिन्तनले अन्तर्घात गर्दा पोखरा महानगरमा एमालेका उम्मेद्वारले पराजय भोग्न प¥यो । विराटनगर, काठमाडौं र ललितपुरमा उपमेयर जित्दैछन् । स्रोत साधन आफ्ेनो नियन्त्रणमा लिएर बिचौलिया, माफिया, एजेन्ट, बिचौलियाको सेवक बन्ने देखिँदैछ ।
एमालेकै ओली सरकारको कारण कांग्रेसको पक्षमा जनलहर आएको छ । माफिया र तस्करहरुलाई राजनीतिक नेतृत्वमा ल्याउन एमाले सक्रिय हुँदा सत्ता गठबन्धनले रोकेको हो । नेपालजंग, विरगंज, जनकपुरका एमाले उम्मेद्वारहरु व्यापारिक पृष्ठभूमिका स्वार्थमा लागेका हुन् । यसपटक एमालेले विगतका ९० स्थानमा गुमायो । त्यसको ठाउँ सत्ता गठबन्धनले लिएकोछ । माओवादी १२१ तहमा पुग्दैछ । कांग्रेसले ३ सय २२ नगाउँदैछ । यसपटक राप्रपा जनमत पार्टी समान बन्दैछन् । नेकपा एस र जनता समाजवादीले पनि राम्रै ठाउँ लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *