शहरी क्षेत्रमा देखिएन माओवादीको शक्ति

समाचार

काठमाडौं । माओवादी केन्द्र नेतृतवले ग्रामिण भेगको संगठन शहरी क्षेत्रमा प्रवेश गराउन नसकेको प्रमाण यसपटकको निर्वाचनले देखाएको छ । अर्घाखाँची हुँदै कपिलवस्तुसम्म बसोबास गर्ने पम्फा भुसाल, ललितपुरबाट सांसद बन्ने रोल्पाका झक्कु सुवेदी काठमाडौंमा रमाउने हितमान शाक्य, हिमाल शर्मा आफ्नो गृहनगर बाग्लुङमा भन्दा काठमाडौंमा रमाउने तर काठमाडौंका नेता कार्यकर्ताको भाउ नहुने भएपछि माओवादीको संगठन बढ्न नसकेको हो । नेतृत्व सुविधा भोगमै रमाएको बताइन्छ ।
माओवादीको एजेण्डामा देश छ । तर नेतृत्वको अस्थिरता र भ्रष्टाचारमा चुर्लुम्म डुब्दा कार्यकर्ताको मनोभावसमेत पार्टी नेतृत्वप्रति वितृष्णा पैैदा गराएको छ । एमालेको धूर्त व्यवहारले केपी ओलीलाई गणतन्त्रको माया थिएन । आफु तानाशाह बन्न पार्टीमा गुटबन्दी चलाए । स्थानीय तहको निनर्वाचनको उम्मेद्वार छनौट गर्दा समेत राम्रा भन्दा हाम्रा बढी खोजे । त्यही कारण एमालेले अघिल्लो पटक चुनाव जितेको पोखरा र काठमाडौं महानगर गुमाएको छ । कम्युनिष्ट इतिहास बोकेको धरान र हेटौंडा उपमहानगरको नतिजा समेत एमालेबाट गठबन्धन भित्रका र कांग्रेसीले र समाजवादीले खोसेका छन् ।
एमाले कम्युनिष्टले विचार पु¥याउन नसक्दा कांग्रेसजस्तो विचार र व्यवहारमा पतन भएको पार्टीसँग संघीयता, गणतन्त्र समावेशीताको रक्षा गर्न साथ लिनु परेको भनाई छ । यस्ता कुरा बुझन् नसक्नेहरु धेरै छन् । दुर्गम पहाडी जिल्लाका गरिब तथा निमुखाले माओवादीलाई साथ दिनु भनेको माओवादीले लिएको एजेण्डा र कार्यक्रम थिए । तर माओवादी जंगलबाट शहर प्रवेश गरेपछि सभ्रान्त भयो । अझै पनि पहाडी जिल्लामा माओवादी पक्षको स्थान छ भन्ने कुरा १२० नगरपालिका प्रमुख बन्न सक्नुले देखाउँछ । एमाले बहुदल नआउँदै शहर प्रवेश ग¥यो । कांग्रेसलाई संगठन बनाउनै परेन । तर जहाँ गरिब र दुखी छन्, त्यहाँ माओवादीका पक्षधर धेरै छन् । तर बिग्रेको नेतृत्व नयाँ जोगी बनेर कम्युनिष्टको आचरण र सिद्धान्त त्याग्दै नवसभ्रान्तहरुको विकास गर्न तम्सनु हो भन्ने कुराको प्रमाण दीनानाथ शर्माजस्ता भ्रष्टाचारीले पार्टीमा स्थान पाउनु हो । अध्यक्ष प्रचण्ड यस्तै भ्रष्टहरुको वर्चश्वमा हुनु हो । नेताहरुलाई मदिरा र सुन्दरी काण्डले छर्लंग बनायो । सिद्धान्त नीति कार्यक्रम माओवादीले गर्न सकेन । माओवादीले जहाँ जसको शक्ति छ, त्यहाँ त्यसैलाई पार्टीको जिम्मेवारी दिन सकेन ।
स्थानीय तहमा भएको गठबन्धनको फाइदा कांग्रेसले जति लियो, गठबन्धनका अन्य दललाई भएन । तर माधव नेपालको समूहले जनतामा आफ्नो पहिचान देखाएको छ । एमालेलाई भत्काएको नेकपा एकीकृत समाजवादीले नै हो । सत्ता गठबन्धनको साझा उम्मेद्वार पराजित धेरै भएनन् ।
माओवादीका मात्रिका यादव प्रवृत्ति कै हुन् गिरिाजमणि पोखरेल । शैली दुईको भिडन्तले मधेसमा पार्टी समाप्त भयो । जहाँधनुषा महोत्तरी, रौतहट, सिराहा, सर्लाही र सप्तरीमा पार्टि बलियो थियो । त्यही प्रदेशमा गिरिराज र मात्रिका चुनावमा राम्ररी नै हार्ने बाटो रोजेका छन् । मधेस प्रदेशमा एमाले कमजोर थियो । केपी ओलीको छाडावाद र मधेस माथि हेपाहा शैलीले संगठन कम जोर थियो । तर यसपटक माओवादीको बिग्रहले एमाले मधेसमाा दोस्रो भयो । रौतहट जिल्लामा प्रभु साहको घमण्ड तोड्न नेकपा एकीकृत समाजवादी सफल भएको छ । तर त्यहाँको संगठनलाई चुस्त बनाउन माओवादीहरु सफल भएका छैनन्
वनमन्त्री हुँदा आफ्नो कार्य क्षेत्र बाहिर गएर स्थानीय विकास अधिकारीलाई बाथरुममा थुन्ने काम नेता मात्रिका यादव, केपी ओली सरकारमा लामो समय उद्योग वाणिज्य मन्त्री भए । तर कामको गणित भएन । गिरिराजमणि पटक पटक नारायणकाजी श्रेष्ठको कोटामा स्वास्थ्य र शिक्षा मन्त्री भए । नीतिगत सुधार गरेनन् । बरु घुस उठाउने काम घनिभूत रुपमा चर्काए । महोत्तरीमा गिरिराजको जिल्ला हो । तर यसपटक गति छाड्दा पार्टी स्थानीय तहमा पराजित भयो ।
हरेक ठाउँमा अध्यक्ष प्रचण्डकै अग्रसरतामा विवाद मिलाउनु पर्ने भएपछि नेताको काम के भयो ? जसले पार्टीका पक्षधरलाई निराश बनाएको छ । अहिले देशले कम्युनिष्टहरुको मोर्चा खोजेको थियो । तर एमालेका केपी ओली बादशाहको रुप धारणा गर्दा संसदको दुई तिहाईको सरकार ध्वस्त मात्र भएन नेकपा छिन्नभिन्न भयो । एमाले दुई टुक्रा भएको छ । यसको मार बामपन्थीलाई परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *