मुद्दा सबैको साझा हुन्छन् । दुश्मन सबैको हुन्छ, गरिबी र अभाव सबैको छ । देशको आवश्यकता वामपन्थी एकतामा छ । तर डा.बाबुराम समाजवादतर्फ उन्मुख भन्छन् । विचार र सिद्धान्त मिल्नेहरुले सुरुमा पार्टी एकता गर्न जरुरी छ । माओवादी विचारका प्रचण्ड, वैद्य, बाबुराम, नेत्रविक्रम चन्द, धर्मेन्द्र बास्तोला एक ठाउँमा पुग्नु समाजवादीको पहिलो दायित्व हो । समाजवादी धारमा जानका लागि पनि माओवादीहरु एकै ठाउँमा हुनुपर्छ ।
एमाले, एकीकृत समाजवादी, माले, पार्टी एकता अभियान (वामदेव) एक ठाउँमा हुने हो भने जनताको बहुदलीय जनवादलाई सैद्धान्तिक रुपमा समाजवादी बाटोमा लैजान सकिन्छ । कुरा समाजवादको गर्ने, काम एक्लै गर्नेहरुबाट पार्टीले लिएको नीति र सिद्धान्त पुरा हुँदैन । त्यो बुझेर पनि एक्लै समाजवादको वेद पढ्नु भनेको ढोंग हो । सत्ता पाउँदा परिवार र गुटवादमा लागेका नेताले त्यो सत्य बुझ्नुपर्दछ ।