नेपालले हङकङलाई ६ विकेटले हरायो

खेलकुद समाचार

काठमाडौं । युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जित निकालेको छ ।

शुक्रबार भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले हराएको हो । चार देशीय सिरिज अन्तर्गत हङकङले दिएको एक सय पाँच रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि सम्झना खड्काले सर्बाधिक ४७ रन बनाएकी थिइन् भने पुजा महतोले अविजित २०, कप्तान इन्दु बर्माले १८ रन बनाएकी थिइन् ।

यसअघि हङकङले पहिला ब्याटिंग गर्दै २० ओभरमा ८ विकेट गुमाउँदै एक सय चार रन बनाएको थियो । हङकङका लागि शनजीन शाहजादले सर्बाधिक ५४ रन बनाएकी थिइन् भने नेपाली बलर राजमती ऐरीले तीन विकेट लिएकी थिइन् । योसँगै नेपाल यस सिरिजमा चौथो भएको छ र अब तेस्रो स्थानको लागि आइतबार खेल्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *