काठमाडौं । नेपालमा पछिल्लो समय क्यान्सरको जोखिम बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठन, फ्रान्समा कार्यरत नेपाली वैज्ञानिक डा.दिपेन्द्र सिंहका अनुसार नेपालमा हालसम्म २२ हजारभन्दा बढी क्यान्सर रोगीहरुको संख्या बढ्दै गएको छ ।
सन् २०५० सम्ममा ९१ प्रतिशतले बढ्ने लक्ष्य देखिएको छ । सन् २०५० सम्ममा नेपालमा क्यान्सर रोगीहरुको संख्या ९१ प्रतिशतले वृद्धि हुने देखिन्छ । क्यान्सरबाट मृत्यु हुनेको संख्या ९९ प्रतिशतल देखिन थालेको छ । क्यान्सरबाट मृत्य हुनेको संख्या दर मध्ये पुरुषमा एक सय आठ प्रतिशत र महिला ९० प्रतिशत रहेको पाइन्छ ।
क्यान्सर सम्बन्धी जनचेतनाको सुचना सरकारले प्रचार गर्न नसक्नु एक छ, भने अर्कोतिर खानपानको व्यवस्थाले गर्दापनि मानिसहरुमा क्यान्सरको जोखिम बढ्दै गएको छ ।
गलत खानपीनको कारण मात्रै नभई हामीले सेवन गर्ने जथाभावी इन्जेक्सन प्रयोग गरिएको कुखुराको मासु, विषादीयुक्त तथा रसायनयुक्त हरियो सागपात, फलफुल आदिको सेवनको कारणले क्यान्सरलाई बढावा दिनु पनि एक लक्ष्य रहेको छ । चिकित्सकका अनुसार गलत जीवनशैली र खानपीनका कारण २० वर्षमुनिका मानिसमा पनि क्यान्सर देखिनु राम्रो लक्ष्यण नभएको बताएका छन् । नेपाल सरकारले खाद्य गुणस्तर सम्बन्धी ऐन कमजोर भएको उद्योगदेखि व्यापारीहरुले खाद्यान्न बस्तुमा मिसावटदेखि रसायनयुक्त पदार्थको कारणले मानिसहरुलाई क्यान्सर लाग्न थालेको छ ।
स्वास्थ्यमन्त्रालयले आम मानिसलाई क्यान्सरबाट जोगाउनको लागि जनचेतना मुलक र खानपानको उचित व्यवस्थापन गर्नलाई संघ, प्रैदेश र स्थानीय तहसम्म सरकारले जनचेतनाको अभियान चलाउनुपर्ने र सर्वसाधरण जनताले पनि खानपानको व्यवस्थसँगै जङ्ग फुड र कुखुराको मासुबाट पर बस्नुपर्ने देखिन्छ । स्वादिलो र मिष्ठान भोजनको लागि अधिकांश नेपालीहरुले पार्टी प्यालेसदेखि आफ्नो घरसम्म तरकारीको नाममा कुखुराको मासु प्रयोग गर्ने गर्छन् । कुखुराको मासु खाँदाखेरी सर्वसाधरण मानिसलाई क्यान्सरको सम्भावना बढी देखिन्छ । किनकी बिजुलीबाट निकालीएका स–साना चल्लालाई आँखा खुलाउनको लागि भ्याक्सिन प्रयोग गरिन्छ र दानापनि त्यहि अनुसारको खुवाउने चलन र कुखुराको ओएट बढाउनको लागि दानामा एन्टिबाइटिक मिसाएर आहारा दिने कारणले मासुमा असर पर्ने गर्छ ।
चिकेनको विभिन्न आइटम बनाएर मानिसहरुले सेवन गर्ने र त्योसँगै अधिकांश मानिसहरु बिमारी भएको कारण मेडिकलमा गएर एन्टिबाइटिक मागेर खाने हर्कत्ले गर्दा मानिसमा क्यान्सर रोग लाग्दै गएको छ । तर, सरकार र सम्बन्धित निकायले ध्यान नदिएको चिकित्सकहरुले नाम नबताउने सर्तमा उल्लेख गरेका छन् । देशभित्र भित्रिने खाद्य बस्तुमा सरकारले ‘प्लान्टक्वारेन्टाइन’ र ‘एनिमल क्वारेन्टाइन’ हरेक नाकामा अनिवार्य रुपमा सञ्चालन गर्न सक्नुपर्दछ । यसले गर्दा विषदीको मात्रा मात्र नभएर गुणस्तरको पनि सजिलै मापन गर्न सक्छौं । सरकारले ४५ वर्ष पुगेका नागरिकको निःशुल्क या स्वास्थ्य बिमा प्रणालीबाट अनिवार्य जाँच गर्ने प्रणालीको व्यवस्था मात्र नभएर खाद्य गुणस्तर सम्बन्धी निति नियमलाई कडाईका साथ लागू गर्नुको साथै नियमित स्वास्थ्य परीक्षण, ताजा तथा सन्तुलित खानपानमा ध्यान दिने, तौल नियन्त्रणमा राख्ने, मदिरा सेवन नगर्ने र नियमित व्यायम गर्ने जस्तो स्वास्थ्य जीवनशैली अपनाउन चिकित्सकको सुझाव रहेको छ ।