बा ! त्यसै बा भएका होइनन् भन्ने कुरा भोटेकोशीमा आएको बाडीले प्रमाणित भएको छ

विविध समाचार

२०८३ साल भदौ १० गते बुधवार समयको हिसाबको नेपालको सीमानासम्म बाढी आइपुग्दा ५५ मिनेट लाग्ने रहेछ । चिनको स्वशासित क्षेत्रमा खसेको हिम पहिरोे कारण ताल फुटेर नेपालको भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लामा धनजनको ठूलो क्षति गरेको ।

बाढ़ी रातको समयमा नभई बिहान सबै मानिस सक्रय भएको उज्यालो समयमा आएको थियो । राती नभएर दिनमा आएको हुनलाई हुन सक्ने सम्भावित क्षतिभन्दा कम क्षति भएको छ । तथापि क्षतिको अनुमान गर्न कठिन छ । उद्दारको कार्य भई रहेको छ । देशभित्र र बाहिरबाट सहयोग संकलनको अभियानमा सरकार जुटेको छ । यसमा सरकारप्रति सबैको भरोसा र विश्वास रहेको पनि देखिन्छ ।
बिगतमा यस्ता विपद्का घटनाहरु घट्दा राहतको नाममा राजनीति गर्नेहरुको यो पटक राहत पसल बन्द भएका छन् । सरकारले त्यस्ता पसल बन्द गर्नको लागि चालेको कदम, जनताले सरकारप्रति गरेको विश्वास र भरोसाबाट देश दुखेको बेला नेपालीहरु एकजुट हुन सक्छन् भन्ने सकारात्मक संन्देश प्रवाह भएकोछ । यो राष्ट्रको लागीसुखद पक्ष हो ।

नेपालमा यसरी धन जनको क्षति पु¥याउने गरी आएको बाढी चीनको स्वसातित क्षेत्रबाट आएको हो भन्ने तथ्य प्रमाणबाट प्रमाणि हुने हुँदा यसतर्फ हामीले दुविधा पाल्नुपर्ने र चीनले त्यसलाई अस्वीकार गर्न सक्ने अवस्था हुँदैन । यसको मतलव हिम पहिरो खस्नुमा चीन दोषी छ भन्ने पनि होइन । तर, चीनको स्वसाशित क्षेत्रबाट ५५ मिनेटको समय लगाएर बाढी नेपाल प्रवेश गर्दा नेपाललाई त्यसको जानकारी किन गराइएन भन्ने कुराले एकपटक नेपालको राजा सम्झन बाध्य बनाएको छ ।

राष्ट्र निर्माणको इतिहास बोकेको र नेपालको सुरक्षाका खातिर दुरदृष्टि राखेर योगदान गरेको राजा र राजसंस्था नेपाल र नेपालीको हकमा ‘बा’ समानको अविभावकत्व थियो । त्यसले नेपाल र नेपाली जनताको कुभलो कहिल्यै चिताएन भन्ने कुरा नेपालको शासनसत्ताबाट राजा हटेको १७÷१८ बर्षमा घटेका परिघटनाले प्रमाणित गर्दै लगेको छ । राजा निरंश हुँदा राष्ट्रहितको लागि भयो, अन्याय अत्याचार हुँदा सुशासनको लागि भयो भन्को कुरा राजाले देशबाहिर सम्पति नलगेको, राजगद्दी छोडेपछि देश नछोडेको र नेपालको हितका लागि नागरिक हैसियतमा जनतासँगै बस्न तयार भएको तथ्यले प्रस्ट पारेको छ । राजाले वास्तवमा नेपाल र नेपाली जनताप्रति अन्याय, अत्याचार गर्न चाहेको भए, २००७ सालको परिवर्तनको लागि जनता संग मिलेर राजगद्दीलाई दाउमा राख्ने थिएन । २०६५ सालमा बिनारक्तपात राजगद्दी छोड्ने थिएनन् । यी सबै कुराको नेपालको राजालाई जति नेपालको माया अरुलाई छैन र राजाले जति नेपाललाई अरुले बुझेका छैनन्’ भन्नै पर्ने हुन्छ ।

देश नबलेकाहरुबाट शासन सञ्चालन हुन् सक्दैन, भयो भने अनिष्ठ हुन्छ भन्ने कुराको एउटा नमुना वर्तमान भोटेकोशीको बाडीले दर्शाएको छ । कसरी ’भन्दा राजा शासनसत्तामा हुँदासम्म नेपाल र चीनको सीमानामा यस्ता दैवी प्रकोपको सम्बन्धमा एक अर्कालाइ जानकारी गराउने संयन्त्र दुवै देशको तर्फवाट निर्माण गरिएकोमा पछिल्लो दिनका शासकले त्यसलाई महत्व नदिँदा ती संयन्त्र निस्कृय भएको भनाई सार्वजनिक भइरहेका छन् । यी भनाइक केवल भनाइ मात्र नभएर सत्यसंग नजिक छन् भन्ने सम्बन्धमा २०१८ सालमा हाल भारतले मेरो भनेर दावी गरेको कालापानी, लिपुलेषु क्षेत्रका गुन्जी, कुटी र नाभीमा राजाले जनगणना– गराएबाट सिमानाको बस्तुस्थितिप्रति राजा सचेत र चनाखो थिए भन्न सकिन्छ ।

त्यति मात्र नभएर राजाले विशाल दुइवटा छिमेकी मुलुक चीन र भारतबाट दुव्र्यबहारमा तेस्रो पक्षले पनि सहयोगी भूमिका खेल्नुपर्ने हुन सक्छ भनेर विश्वका बिभिन्न राष्ट्र संग सम्बन्ध बढाउँदै लगेको र राष्ट्रसंघको सदस्यता लिएको हो । यो सम्वन्धलाई २०४६ साल पछाडि संकुचित गरी भारतसंगको सम्वन्धमा मात्र सिमित गरिएको छ । यसो गर्दा २०४६ साल पछिका शासकले तिब्तबाट दलाइ लामा भाग्दा कुटनीतिक सम्बन्धको अभावमा तिब्बतको पक्षमा बोलिदिने कोही नभएको इतिहासलाई नजरअन्दाज गरेका छन् । त्यो दिन नेपालको हकमा नआउला भन्न सकिन्न त्यसबाट बा ! त्यसै बा भएका होइनन् । बाले घर बनाउन, घरको सुरक्षा गर्न, छोराछोरी हुर्काउन बढाउन, पढाउन र घर चलाउन कति योगदान गरेको रहेछ भन्ने कुरा छोराछोरीले ‘बा’ मरेपछि मात्र थाहा पाउने हुँदा जिवित अवस्थामा उपेक्षा गर्नुलाई प्राकृतिक ठानिन्छ । जस्तै शासन सत्ताबाट राजा र राज संस्था हटेपछि त्यसले नेपाल र नेपालीको हितको लागी के के गरेको रहेछ भन्ने कुराको एउटा प्रमाण भोटेकोशीको बाडीले स्मरण गराएको कारण नेपालको राज र राजसंस्थालाई ‘बा’को रूपमा एकपटक सम्झाइ दिएकोछ ।

आज राजा शासनसत्तामा छैनन् । नेपालको राजा समाप्त गरेर नेपाल र नेपालीको स्वाभिमान ढाल्न साम, दाम, दण्डभेदको नीति अवलम्वन गर्ने विदेशी स्वार्थको पछि लाग्ने नेपाल आमाका कपुतहरु त्यहि राजालाई शत्रु ठानिरहेका छन् । र, विभिन्न अपशब्द प्रयोग गरेर गालीगलौज गरिरहेका छन् । तर, राजाले त्यसको कुनै प्रवाह नगरी देश र जनताको सुख–दुखमा संगै छु भनेर पितृ समान आर्शिवाद प्रदान गरिरहेकोछ ।

उधाहरणको लागि आफूप्रति नेपालीहरुबाट राम्रा–नराम्रा कुनै पनि कुराको सम्बन्धमा राजा र राजसंस्थाले प्रतिकृया जनाएनन् । देशमा आइपरेको संकटमा जहिलेसुकै पछि हटेन् । शासन सत्ताबाट हटाइए लगत्तै आइपरेको भूकम्पको घटनामा शासन सत्ताबाट हट्नु परेको र हटाइएको भन्ने कुरालाई महत्व नदिई राहतको कार्यक्रम लिएर जनतामा पुग्यो । यो नेपालको राजाको जनता र देशप्रतिको महान वात्सल्य हो । त्यसलाई ओर राजसंस्थाको उपेक्षा गर्नु भनेको नेपाल र नेपालीको लागि ‘बा’कों उपेक्षा गरेर आफै ‘टुहुरों’ हुन गरिएको व्यवहार जस्तै हो समयमै बुझौं । अन्यथा ‘टुहुरो’ हुने र दुःख पाउने कुरा निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *