काठमाडौं । माओवादीको नेतृत्व भ्रष्ट छ, मन्त्री लुटाहा छन् । माओवादी नेताहरु एमाले, कांग्रेसका नेता सरह सम्पत्ति जोड्न जे पनि गर्छन् भन्ने कुराको बेलीविस्तार गर्नुपरेन । अहिले प्रम प्रचण्ड उपप्रधानमन्त्री नारायणकाजी सरकारमा छन् । उपाध्यक्ष कृष्णबहादुर महराको जेलयात्रा सुरु भयो । पूर्व उपराष्ट्रपतिलाई कानून नलाग्ने मात्र हो । उनका छोरा श्रीमती कोही रहने छैनन् । अर्थमन्त्री वर्षमानले आफ्नै भाइ रितेष पुनको होटल पार्टनर दावा छिरिङसँगै भोजन गर्दा सुन कारोबारमा कति सघाए छानबिन होला ।
माओवादी अध्यक्ष प्रचण्डलाई धम्काएर पार्टीकै पैसामा रमाएका नारायणकाजी हुन् वा पार्टी विभाजन हुँदा वैद्यतिर जाने धम्की दिएर असुल्ने दिनानाथ शर्मा र कृष्णबहादुर महराका भाइ जोखबहादुर महराको भ्रष्ट शैली किन नहोस् । अध्यक्ष प्रचण्डले पार्टी नेताहरु जो मन्त्री भए उनै भ्रष्ट भए । पार्टीलाई सहयोग नगर्ने भएपछि नै राष्ट्रिय सभामा भाइ पर्ने नारायण दाहाललाई लगेका हुन् ।
मौका पाउँदा परिवारवादमा रमाउने तर संकट पर्दा साथ खोजेर कसले दिन्छ ? अब माओवादीको पालो सडक हो । सरकारमा हुँदा भ्रष्टाचार नियन्त्रण, महंगी नियन्त्रण र अभावप्रति त्यसले ध्यान दिएन । किनकी पार्टीमा नारायणकाजी गुटले संगठन थेग्दैन ।
त्यो गुटका मुखिया नारायणकाजी निरन्तर सत्तामा रहनैपर्ने, रेखा शर्मा, शक्ति बस्नेतले मन्त्री पद पाउनै पर्ने बाध्यता गुटको कारण हो । शर्मा महराको कोटामा बस्नेत जनार्दनको कोटामा मन्त्री हुन् । त्यसैकारण प्रचण्डका विश्वासीहरु गलत धन्दामा लागेका हुन् । अस्थिर राजनीतिको अहिलेको चलखेललाई प्रचण्डले जति जसरी प्रयोग गरे एमाले अध्यक्ष केपी ओली पनि कम छैनन् । संसदमा कांग्रेसले रास्वपाका रवि र माओवादीका नेताविरुद्ध जति कडा प्रस्तुति दिएको छ । त्यो एमालेप्रति नहुनु भनेकै अब प्रधानमन्त्री प्रचण्ड सडकमा पुग्नु हो ।