कसले सुन्छ नेपाली जनताको गुनासो

समाचार

काठमाडौं– विश्वभरि कोभिड १९ ले सताइरहेको बेला नेपाल पनि अछतो रहेन । कोरोना अमेरिकाभन्दा दोब्बर भारतमा फैलिरहेको छ । भारतमा दिनप्रतिदिन कोरोना बढेर ३ लाख ६० हजारभन्दा बढी संक्रमित थपिरहेको छ । मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढेर गएको छ । यस्तै, नेपालको खुला सिमानाका कारण भारतबाट नेपालमा पनि कोरोना व्यापक सरेको अवस्था छ । नेपाल सरकारले विभिन्न कार्यक्रम गरिराखेको छ । कहिले बिस्केट जात्रा, कहिले धरहरा उद्घाटन, कहिले के, कहिले के, विभिन्न कार्यक्रममा प्रधानमन्त्री केपी ओली आफैँ सहभागी भइरहेका छन् । महामारीका बेला पनि उनी विभिन्न उद्घाटन र विमोचनमा व्यस्त छन् । तर, स्वास्थ्य मन्त्रालयले कोरोना फैलिरहेको बताउँदै आएको छ । जोमिख बढेको भन्दै आएको छ । तर, आम नेपालीले यसको परिपालना गरको देखिँदैन । अहिले पनि मठमन्दिर खोलिरहेका छन् । आम नेपाली आफ्नो धर्मप्रति विस्वास गरी मन्दिर जाने गरेका छन् । अहिले संक्रमण मन्दिरमा शनिबार र मंगलबार लाग्ने भिडबाट सरिरहेको छ । यस्तै, मुस्लिम समुदायको जामे मस्जिदमा भिड लाग्ने गरेको छ । खेल क्षेत्रमा क्रिकेट, फुटबललगायतका प्रतियोगिता भइरहेको छ । स्वास्थ्य मन्त्रालयले ेभिडभाड नगर्नु भन्दैछ तर, अहिले बैखाख महिना लागेकोले विवाहको साइतमा विभिन्न वैवाहिक कार्यक्रमहरू निरन्तर भइरहेका छन् । विहा गर्नेको लर्को लागिरहेको छ । विभिन्न किसिमका बाजागाजासहित जन्ती जाने, भीड लाग्ने गरेको छ । यसको बारेमा कुनै पनि निकायले ध्यान दिएको छैन ।
नेपाली जनताले स्वास्थ्य सम्बन्धी मापदण्डसमेत पालना गरेका छैनन् । सरकारको नेतृत्व गरिरहेको दल आफैँ बैठक राख्ने, भेला गर्ने, संगठन विस्तार गर्ने काममा लागेको छ । नेपालीलाई कोरोनाबाट कसरी बचाउने भन्ने सम्बन्धमा बेखबर बनेको छ । सरकारले स्वास्थ्य मन्त्रालयको आवाज सुनेको छैन । यातायात क्षेत्रमा भिडभाड छ । यातायातका साधनमा यात्रा गर्दा यसतर्फ ध्यान दिएको छैन । बसमा अनुगमन छैन, हस्पिटलमा यस्तै विजोग अवस्था छ । सामाजिक दूरी कायम गरेका छैनन् । डाक्टरले बिरामीको बारेमा ध्यान दिएको छैन । हस्पिटलमा कस्तो बिमारी आएको छ । यसबारेमा कुनै जानकारी छैन । खाली कोरोना भन्दै पन्छाउँदै आएका छन् । निजी अस्पतालमा बारेमा केही सहुलियत दिएर उपचार गराउनु पर्नेमा त्यो गरेको अवस्था छैन ।
गर्मी बढेसँगै कोरोना पनि बढेर गएको छ । भारतमा जति कोरोना बढ्दै जान्छ, त्यति नेपालमा पनि बढ्ने खतरा बढेको छ । भारतले दिएको खोप राम्रो छैन । किनकी भारतले आफ्नै देशका जनतालाई खोप लगाए पनि नियन्त्रण आउन नसकेको अवस्थामा भारतले नेपाललाई दिएको खोपले के राम्रो काम गर्ला ? खाली नेपाली जनतालाई भुलाउने काम सरकारले गरिराखेको छ । सरकार भने पार्टीबाट नेतालाई कारबाही गर्न भन्दै पार्टीबाट केही नेतालाई कुनै पनि स्थान नदिएर गुटको आधारमा एउटै व्यक्तिलाई २ ओटा पद दिएर बस्ने गरेको छ । पार्टीमा लागेर जीवनभरि योगदान गरेका र पार्टी मा जीवन बिताएका व्यक्तिलाई रिङ आउट गरेर आनन्दले बसेको छ । राम्रो काम गरेको पत्रकारले राम्रो कामलाई सहयोग नगरेको भन्दै पत्रकारलाई लागि मात्र गर्ने काम सरकारबाट हुँदै आएको छ । विभिन्न संघ संस्थानमा समेत गुट र खुरापाती गर्ने चिप्ला कुरा गर्ने ढाट्ने, नेताको चम्चागिरी गर्ने, नभएका कुरा गर्ने, पार्टीको नाममा भजाँएर खाने र नेताको नाम भजाँइ खाने काम गर्ने, संगठन बलियो बनाउन नसक्ने, सुरासुन्दरीमा रमाउने, घमण्ड देखाउने, गफ बढी गर्नेजस्ता व्यक्तिले सरकारको बदनाम गरेको छ । त्यस्तै व्यक्ति पार्टीले च्यापेको कारण राजनीतिक दलका नेतादेखि पार्टीसमेत धरापमा पर्ने गरेको छ । सरकारले कोरोना रोगलाई ध्यान दिएको छैन ।
नेपाली जनताको बारेमा सरकारले अलिकति सोचेको छैन । रोगसम्बन्धी सुरक्षाको ग्यारेन्टी दिन सकेको छैन । चाहिँदा, नचाँहिदा भाषण दिएर कार्यकर्ता फकाउने पार्टीलाई सिध्याउने काम नेताले गर्दै आएका छन् । कोरोनाको बारेमा कुनै पनि राजनीतिक दलले आवाज उठाएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *