देउवा अलमलिदा ओलीलाई ढुक्क

राजनीति

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई चिठ्ठा पर्ने भएको छ । कम्युनिस्ट पार्टीको अन्तरिक झगडाले जति खुसी छन्, त्योरूपमा प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर आफू प्रधामन्त्री बन्ने कुरामा ढुक्क छैनन् । प्रधानमन्त्री ओलीलाई उनले राम्रो साथ दिएका छन् । सरकारले खरिद गरेको सामानको कमिशन पुगेकै छ । अख्तियार, अदालत, संवैधानिक आयोगहरूमा पनि भाग मिलेकै छ । भारतीय सहयोगीहरू बीचमा कांग्रेसमा एकता छैन । कृष्ण सिटौला, रामचन्द्र पौडेल, विमलेन्द्र निधी एकअर्काका दुष्मनजस्तै छन् ।
माओवादीलाई प्रधानमन्त्री ओलीले नै देखिनसहेर कांग्रेस पार्टीतिर पठाए । आफ्नै पार्टीका पुराना नेताहरूलाई कारबाही गरेर मोती दुगडजस्ता तस्कर, राजस्वमारालाई च्यापेको सबैलाई जानकारी छ । माओवादीमा र जनतामा पनि विवादित रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु शाह ओली पक्षमा लाग्नुको भित्रि कारण तीनका विगतका कर्तुत हुन् । ओलीसँग नबसे वादलका पुत्र जेल पर्छन् । टोपबहादुरलाई श्रीमतीले ¥याख¥याखी पारेर सम्पत्ति लिएर हिँडेकै हुन् । कांग्रेस पार्टी कम्युनिस्टको सरकार सबै हेरेकै थियो । यो समयमा कम्युनिस्टहरू विभाजन हुँदा कांग्रेस फुर्किनुको अर्थ थिएन ।
प्रधानमन्त्री ओली एमालेको १२१ सिटको भरमा रहेका छैनन् । उनले जसपा फुटाउने अवस्थामा एमालेको माधव पक्षलाई कमजोर त बनाउनै पर्छ । पदको लोभ, पैसाको आश्वासन भए कम्युनिस्टको पर्दाफास हुन्छ । प्रधानमन्त्री ओली र उनको टिमलाई कम्युनिस्ट सिद्धान्त, विचार बचाउनु छैन । किनकी प्रधानमन्त्रीका सहयोगी बनेका कुनै पनि मन्त्री, मुख्यामन्त्रीले कम्युनिस्टको त कुरै छोडौँ, एमालेले अपनाएको सामाजिक रूपान्तरणको योजनालाई समेत ख्याल गरेका छैनन् । केन्द्रमा कम्युनिस्टको आचरण नहुँदा प्रदेशमा हुँदै नेपाली कांग्रेसले जे खोजेको थियो, अहिले त्यही भएको छ । रअले पनि देउवालाई रुचाउँदैन ।
विगतमा कांग्रेसले कांग्रेकै देउवा सरकार ढालेका थिए । अहिले फ्लोर क्रस गरेर कम्युनिस्टले कम्युनिस्ट सरकार बचाउनु पर्ने अवस्था आयो । प्रदेशमा यो लागू हुन्छ । तर, संघीय सरकारमा त्यो सम्भव छैन । चलाखी धेरै भएका छन् । केन्द्रीय टोली भिडेको बेला त्यो छायाँ गण्डकी प्रदेश, लुम्बिनी प्रदेश हुँदै कर्णाली प्रदेशमा लागू भएको छ । अब वाग्मती प्रदेश र प्रदेश १ मा देखिँदै छ । एमाले नफुटाउने, तर ओलीको सरकार अस्वीकार गर्ने भन्दै गर्दा माधव नेपालका विश्वासपात्र विष्णु रिजाल, ससुरा सुकुम्वासी अर्थमन्त्री विष्णु पौडेलको मोहजालमा परेको देखियो । यहाँ लडाइँ सिद्धान्तको थिएन । नीति र विधिको भएन । त्यही कारण पदको लोभ आचरणका भोगीहरूलाई सत्ताको चारनी मन पर्न थाल्यो । प्रधानमन्त्रीलाई ‘बा’ भन्नेहरूको अपराध कानुनले चिनेन । कांग्रेसले त्यो राम्ररी बुझेर समीक्षा गर्दैछ ।
एमाले, एमाले नै रहने भए माधव, झलनाथ खनाल, वामदेव गौतमको पार्टी हैसियतसमेत संकटमा परेको देखिँदैछ । माओवादी छाडेर जो गएका छन्, गुटले चिन्ने हो, एमालेले भने चिन्दैन । मिलेको पार्टी फुटाएर बहुमतको सरकार अल्पमतमा पार्ने प्रचार मुखियाको रूपमा देखिएको प्रधानमन्त्री ओलीलाई संविधानको गरिमा बचाउनु छैन । ०६२÷६३ को जनआन्दोलको स्मरण गर्नु पनि छैन । उनी एक्ला बादशाह हुन् घमण्डीहरू बसुन् अरु आउट, एमालेको रूप यस्तै बन्दैछ । अबको समयमा कांग्रेसलाई विभाजित जसपाले सहयोग गर्दैन । बरु प्रधानमन्त्रीले विभाजित जसपाको साथ लिएर आफ्नो १२० र जसको महन्त ठाकुर पक्षका १६ जनतालाई साथ लिएर १३६ हुन्छ । त्यहाँ राप्रपा १ नेमकिपा १ जोड्दा बहुमत पुग्छ । कांग्रेसका विमलेन्द्र निधिले जोडेका छन् । उनी चुनाव हार्दा एमालेको मत राजेन्द्र महतोलाई गएको जानकारी पाएका छन् । देउवालाई रिझाउने विमलेन्द्र बन्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *