माओवादी कमजोर बन्ने भयो ?

राजनीति

काठमाडौं– नेकपा माओवादी केन्द्र पार्टीभित्र राजनीतिक रूपमा कमजोर बनेको छ । नेताहरूले निष्ठाको राजनीति त्याग गरेका छन् । भ्रष्टाचारले ग्रस्त पार्टीको सिद्धान्त, नीति, व्यवहार, शैली एमालेसरह हुँदा लेखराज भट्ट रामबहादृुर थापा, टोपबहादुर रायमाझी प्रधानमन्त्री ओलीको मोहनीमा परका छन् । आफू स्पष्ट केपी ओलीले आफ्नो टिम बलियो बनाएका बेला माओवादीमा प्रचण्डको दास बन्नुभन्दा प्रम ओलीको बन्न रुचि देखाएकाहरूलाई सांसद पदसमेत गए पनि ६ महिना मन्त्री बनेर भ्रष्टाचार गर्दैछन् । वामपन्थी शक्तिको रूपरंग तहसनहस बनाउने काम प्रचण्ड र ओलीले गरेका हुन् । प्रचण्डलाई सत्ता जति प्यारो छ प्रधानमन्त्री ओलीलाई त्यस्तै भयो । सरकारमा मन्त्री छान्दा ओलीले आफू खेमाकालाई छनोट गरेका थिए भने प्रचण्डले आफ्नै खेमाकालाई छनोट गरेका थिए । प्रचण्डले आफ्नै हुनमान छानेका हुन् । टोपबहादुरलाई मन्त्री नदिँदा निकै रिसाएका थिए । मणि थापाले राष्ट्रियसभामा सांसद खोजका थिए । प्युठानबाट मसाललाई ठाउँ दिँदा मणिले पाएनन् । प्रदेश सांसदमा कृष्णध्वज खड्कालाई ल्याएको अर्को सिट एमालेको भागमा पर्ने नै भयो । तर, एमालेले मसाललाई नै छाडेको थियो ।
एमाले र माओवादीले मसाललाई बाग्लुङ र दाङमा एक÷एक सिट छाडेका थिए । मोहनविक्रमलाई पाल्ने ठेक्का यिनले लिएका थिए । दुर्गा पौडेल, मोहनकी पत्नी हुन् । माओवादीसँग मोहन वैद्यले छुट्टै पार्टी बनाए पनि जनतामा त्यसको कतैँ प्रभाव भएन । वैद्यको विचारले पेट भरिँदैन । सिपी गजुरेल क्रिसश्चयन पादरी नै हुन् उनले पार्टी हेर्नु परेन । भ्रष्टाचार गर्ने धन्दामा गजुरेल तगडा छन् । दाइजो धेरै नपाउँदा बुहारी लखेट्ने यी क्रान्तिकारीको वर्णन सुन्न जडीबुटीतिरका बस्तीमा पुगेको हुन्छ ।
विचारमा स्खलन व्यवहारमा भ्रष्ट गजुरेललाई परराष्ट्र र देव गुरुङलाई अर्थमन्त्री नदिँदा त्यो बेला वैद्यले पार्टी फुटाएका थिए । माओवादी प्रचण्ड नेतृत्वमा धमिरा लगाउन खटेका रामबहादुर थापा, पम्फा भुसाल, हितमान शाक्यहरू राम्रैसँग खटेका हुन् । उपाय नलागेपछि पुरानै घरमा फर्केकामध्ये बादल लत्रिए । ओलीको पछि लागेर आफ्नो छोराको इव्ज्जत बचाउन बादलले माओवादी त्यागेको धेरैलाई जानकारी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *