तस्कर र राजस्वमाराको कहानी

प्रशासन

काठमाडौं– नेपालको पत्रकारले पैसा खान्छन् । विटको पत्रकारिताले त हामीलाई कठिन भयो हजुर भ्रष्टाचार विरोधी अभियान्ताहरूको गुनासो हो यो । जसले इमान्दारपूर्वक काम गर्छ, राज्यलाई राजस्व तिर्छ त्यो कही सम्मािनत छैन । तर, राज्यलाई उपेन्द्र महतो, विनोद चौधरी, रघुवीर महासेठ, राजीव शाहीजस्ता राजस्वमारालाई सम्मान नै सम्मान छ । यस विषयमा आन्तरिक राजस्वले ध्यान दिएको छैन । ठूला करदाताले पनि भ्यान दिएको छैन । राजस्व अनुसन्धान विभाग त लुट्ने नै हो । त्यहाँका मुल एजेण्ट दीर्घराज मैनालीले प्रधानमन्त्री केपी ओलीको नाम भजाँएर आफँै उठाउथे । संयोगबस उनलाई त्यहाँबाट हटाएको छ ।
सरकार नेपाली जनतामाथि प्रहार गर्न अमेरिकी सैनिक भित्र्याउने एमसिसी प्रोजेक्ट ल्याउन मरिमेटेको छ । प्रधानमन्त्रीलाई त्यो प्रोजेक्ट ल्याउन दबाब दिने कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्रीका सहयोगी गोपाल खनाल, सल्लाहकार विष्णु रिमाल, अर्थमन्त्री विष्णु पौडेल र उपप्रधानमन्त्री ईश्वर पोखरेल छन् । जसले जनताको बीचमा जन सक्दैन त्यसैले एमसिसीको गीत गाउँछ । एमसिसीको नाममा २ अर्ब ५० करोड खरानी भयो । याक एण्ड यती होटलमा कार्यालय राख्दा मासिक कति खर्च छ । धेरैलाई जानकारी छैन । आफूँ सधैँ सबै राम्रो अरु नराम्रो हु्न भन्ने सोच्ने ओलीले उद्योग हेर्ने मोती दुगड, संघसंस्था हेर्ने विष्णु रिमालको कमाइ कति छ कसैलाई जानकारी छैन । मन्त्री फेर्ने हैसियतका तस्कर माफियाहरूले मुलुकको राजस्व मारेका छन् । उपेन्द्र महतो, विनोद चौधरी, रधुवीर महासेठ, राजीव शाहीजस्ता कति छन् ?
राजनीतिक दलभित्र कांग्रेस, माओवादी र एमालेका व्यापारीको लुट ठूलो छ । जसले संस्थागत लुटमा महाबन्धक कार्यकारी निर्देशक फेर्छन् । दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, विद्युत् प्राधिकरण, नेपाल आयल निगमभित्र यस्ता तस्कर माफियाको काम बढी हुन्छ । भवनको निर्माण ठेक्का हात पार्नेदेखि व्यापारमा नियन्त्रण गर्ने यस्तै हुन्छ ।

अनि मसला र नुन तस्कर ओलीका सहयोगी मोती दुगडका सहयोगी सन्जीव अग्रवालसँगको उठबस यहाँ जोडिन्छ । पार्टी कार्यलयका लागि एमालेले अग्रवालको महल लियो । त्यहाँ जोडिन्छ । प्राधिकरणको विद्युत् महशुल काण्ड १२ अर्ब विद्युत् महशुल उठाउन कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई सकस छ । त्यही कारण बालुवाटारमा भुपिन शाहीजस्ता भ्रष्टाचारी प्राधिकरणको अधिकार लिएर बसेका छन् ।
टेलिकमको फोरजी र फाइभ जीको कथा त्यही बेला गोकुल बाँस्कोटाले ध्वस्त बनाए । टेलिभिजनमा विज्ञापन आउँछ हाम्रो फोरजी सेवा चीनको हुवावे कम्पनीले लियो । एनसेलको फोर र फाइभजी ५ अर्बमा स्थापित ग¥यो । तर, टेलिकमको रु १२ खर्ब सक्दा पनि मोबाइलको विजोग छ । हाम्रो पार्टी राम्रो पार्टीको इज्जत जोगाउनु परेको छैन । पार्टी फुटे फुटोस् तर, पैसा चाहिन्छ प्रधानमन्त्रीका कार्यलय टिम र पार्टीका गुटबन्दी टिमको योजना हो यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *