गच्छदार सधैँका लागि बाइबाई

राजनीति

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतमा हाजिर हुनबाट भागिरहेका छन् विजयकुमार गच्छदार । भ्रष्टचारको मामलामा बद्नाम कहलिएका उनी पहिलोपटक मोरङ बहुमुखी क्याम्पसमा अध्ययनरत हुँदा अखिलका विद्यार्थी नेतालाई मारेको थिए । उनका बाबु चाहिँ त्यतिबेलै वामपन्थी पृष्टभूमिका वकिल पूर्वराजदूत कमल कोइरालाकहाँ पुगेका थिए चार बिगाहा जग्गा बेचेको २५ हजार पैसा दिन्छु, बहस गरिदिनुहोस भन्दै पुगेका थिए । तर, काइरालाले आफूले बहस गर्न नमिल्ने भन्दै राम्रो वकिल नाम दिएका थिए । पछि गिरिजाप्रसाद कोइरालाले थारु, मधेसी सुमदायमा काम लाग्छ भनेर जेलबाट गच्छदारलाई निकालेका थिए । अहिले कांग्रेसीको बीचमा चलेको चर्चाअनुसार गिरिजाप्रसाद कोइरालाका डिजाइनमा फोरम पठाइएको थियो । तर गोविन्दराज जोशी, जयप्रकाश गुप्ता, चिरञ्जीवी वाग्लेलाई जसरी कांग्रेसले संरक्षण दिन सकेन त्यसैगरी अहिले गच्छदारलाई बोकेर बद्नाम हुनु हुँदैन भन्ने एकथरी कांग्रेसीहरुको सुझाव छ । भ्रष्टाचारमा जेल परेका व्यक्ति पनि चुनाव लड्न पाउनु पर्दछ भनेर विमलेन्द्र निधि गृहमन्त्री हुँदा राज्यव्यवस्था समितिमा कुरा पनि उठेको थियो । त्यस समय कांग्रेसका प्रमुख सचेतक आनन्द ढुंगाना र राज्यव्यवस्था समितिका सभापति थिए, दिलबहादुर घर्ती । दुबै कांग्रेसी, यी दुईलाई बीस÷बीस लाखका दरले विमलेन्द्र निधिले घुस दिएको चर्चा कांग्रेसकै माननीयले गर्दै हिँडेका थिए । अब गच्छदार जेलै पुगेर निस्किए पनि उनले चुनाव लड्न नपाउने स्थिति विद्यमान रहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *