गृहमन्त्री एकनारायण अर्याल कि रवि लामिछाने ?

राजनीति समाचार

काठमाडौं । मुख्य सचिव बेकुण्ठ अर्याललाई टेरामक्स काण्ड लागेको आरोप सञ्चार माध्यममा विगत लामोसमयदेखि उठान हँुदै आएको थियो । सो आरोप लागेपछि मुख्य सचिव बैकुण्ठ अर्याल तनावमा रहेका थिए । पत्रपत्रिकाहरुले मुख्य सचिव बैकुण्ठ अर्यालको समाचार सार्वजनिक गर्न छाडेका थिए । तर, अहिले तीनै मुख्य सचिव अर्याललाई सरकारले हटाउने खेलोफड्को गरिरहेको छ । मुख्य सचिव अर्याललाई हटाएर गृह सचिव एकानारायण अर्याललाई मुख्य सचिव बनाउने खेलोफड्को चल्दै छ । यो खेलोफड्को रिजल्ट केहि साताभित्र सार्वजनिक हुने छ । टेरामक्स काण्डमा तत्कालीन सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, तत्कालीन स्वास्थ्य जनसंख्यामन्त्री मोहन बस्नेत र मुख्य सचिव बैकुण्ठ अर्याल ढिलोचाडो अख्तियारको फन्दामा पर्दै छन् । यी तीनैजना अख्तियारको फन्दामा परेको खण्डमा अख्तियार प्रमुख प्रेम राई कारबाहीको भागेदार हुने सम्भावना बढेर गएको छ । तत्कालीन सचिव प्रेम राईले ‘वाइडबडी’ जहाज खरिद काण्डमा घोटाला छानबिन हुने भएको छ । ‘वाइडबडी’ खरिद काण्डको फाइल नागरिक उड्डयन मन्त्रालयमा छानबिनको तयारी गरिँदै छ ।

‘भाग्यमा भए लडिलडी आउँछ’ भनेजस्तै गृहसचिव एकनारायण अर्याललाई मुख्य सचिवको चिठ्ठा पर्ने सम्भावना बढेर गएको छ । मुख्य सचिव बन्नको लागि एक नारायण अर्यालले हालका मुख्य सचिवलाई टेरामक्स काण्डको निहुँमा दोषी ठह¥याएर आफू मुख्य सचिव हुने दाउँमा छन् । एकनारायण अर्यालजस्ता चतुर खेलाडी कर्मचारीभित्र कमै छन् । उनी तत्कालीन काठमाडौंको सिडिओ हुँदादेखि खाना र खुवाउन, पावरको दुरुपयोग गर्न खप्पिस थिए । त्यसपछि अर्याल भारतको महावाणिज्य दुत बने । त्योसँगै उनी सचिवमा बढुवा भए । सचिवमा बढुवा भएपछि काठमाडौं महानगरपालिकाको सचिव भए । त्यसपछि सामान्य प्रशासन मन्त्रालयमा बसे । उनै एक नारायणले केहि पत्रकारलाई विभिन्न मन्त्रालयको समाचार दिएर अमल्याएर आफू चोखो बन्ने काम गर्दै आएका थिए ।

त्यसैगरी अर्याल त्यहाँबाट श्रम तथा रोजगार मन्त्रालयको सचिव बने । सो मन्त्रालयको सचिव सम्हालेपछि विभिन्न देशको श्रम सहचारी पठाउने नाममा तिनीहरुबाट करिब ९ करोड रुपैयाँ उठाएको बताइन्छ । त्योसँगै श्रम तथा रोजगार मन्त्रालयबाट विदेश भ्रमणको नाममा मेनपावरलाई प्रयोग गरी विभिन्न विदेश भ्रमण गरे । सो भ्रमणको अनुभव लिएर विदेशमा कामदार पठाउनको लागि मेनपावरसँग मिलेर मोटो रकम उठाएका थिए । तत्कालीन सरकारका श्रम तथा रोजगार मन्त्री शरदसिँह भण्डारीसँग लेनदेनको कारण नमिल्दा उनी त्यहाँबाट बाहिरिएर प्रधानमन्त्री कार्यालयमा पुगे । त्यसपछि गृह अथवा पर्यटन मन्त्रालयमा सरुवा हुनको लागि ज्यान फालेका थिए । तर त्यतिबेला सफल हुन सकेन ।

त्यसपछि तत्कालीन गठबन्धन टुटेर नयाँ पाँच दलको सरकार बनेपछि उनी गृहमन्त्रालय जान सफल भए । गृह सचिव बनेपछि अहिले गृह मन्त्रालय एकनारायणले चलाइरहेका छन् । उनले पछिल्लो समय वकिल, पत्रकार र सर्वसाधारणलाई गृहमन्त्रालय प्रवेशमा निषेध पनि गरेका छन् । किन कि प्रहरी सरुवादेखि बढुवासम्ममा एकनारायण अर्यालको हात रहेको छ । एसपी बढुवामा समेत बार्गेनिङ गरेको हल्ला गृह मन्त्रालयभित्र चल्ने गरेको छ । डिआइजी र एसएसपी सरुवामा पनि गृह सचिव अर्यालको मातहतबाट सरुवा गरेको बताइन्छ । प्रहरी सरुवा बढुवा गर्नलाई क्षमता, योग्यता र जेष्ठतालाई पन्छाएर अन्य प्रहरीहरुलाई सरुवा बढुवा गरेको भनाइ छ । प्रहरी सरुवा बढुवा गर्दा यस्तो विकृति भएको थिएन भन्दै थिए पिडित प्रहरीहरु । सरुवा र बढुवालाई लिएर प्रहरी संगठनभित्र भद्रगोल भएको छ । आइजीपी बसन्त कुवँर निरिह बनेको प्रहरीको भनाइ छ ।

उता, एकनालरायणले गृहमन्त्रीलाई समेत गुमराहमा पारेको अवस्था छ । किनकी गृहमन्त्री रविको सहकारी ठगी काण्डले उनको निद हराम भएको कारणले प्रहरी सरुवा बढुवामा ध्यान नदिएको बताइन्छ । सिंहदरबारभित्र यतिबेला सचिव हुन त एकनारायण अर्याल जस्तो हुनुपर्छ । उनीविरुद्ध नत कुनै पत्रकारले समचार लेख्छन् नत, भ्रष्टाचार गरेको गन्ध आउँछ । अर्यालले कर्मचारीतन्त्रभित्रको समाचार प्रकाशन गर्ने केहि पत्रकारलाई हातमा लिएर विभिन्न मन्त्रालयका सचिव र सहसचिवहरुको समाचार लेखाउन पनि खप्पिस भएको कर्मचारी वित्तमा चर्चा चल्ने गरेको छ । त्यस्तै शक्तिशाली मिडियालाई केही नजराना टक्र्याउने गरेकोसमेत कर्मचारीहरुले बताउन थालेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *