सम्पादकीय
भयावह रूपले फैलिराखेको महामारीको चेन ब्रेक गर्न भनेर सरकारले स्थानीय प्रशासनमार्फत उपत्यकाका तीन जिल्लासहित चालिसभन्दा बढी जिल्लामा यही २०७८ वैशाख १६ गतेबाट कफ्र्यु लगाएको थियो । तर कफ्र्यु लगाएको दुई साता बितिसक्दा पनि कारोना महामारी नियन्त्रणको मामिलामा अलिकति पनि सुधार भएको देखिएको छैन । यही कारणले गर्दा नै हरेक दिन यो माहारीबाट संक्रमित हुनेको र निधन हुनेको संख्या नयाँ कीर्तिमान कायम गर्ने गरी बढिराखेको छ । सरकारले स्थानीय प्रशासनमार्फत लगाएको कफ्र्युमा कडाइ नगर्दा नै मुख्य रूपमा यो महमारी भयावह रूपले फैलिराखेको विश्लेषण सर्वसाधारण जनताले समेत गर्न थालेका छन् । एक वर्ष अगाडि ०७७ साल चैत ११ गते देशव्यापी रूपमा नै लकडाउन गर्दा दुई जना कोरोना संक्रमित फेला परेका थिए । दुई जना कोरोना संक्रमित भएको अवस्थामा सरकारले कोरोनालाई नियन्त्रण गर्न भनेर देशव्यापी रूपमा नै लकडाउन गरेको थियो र पूर्णरूपमा सीमा पनि बन्द गरेको थियो ।
तर, अहिले लगभग तीन हजार व्यक्तिले कोरोनाको कारण ज्यान गुमाइसकेको र लगभग एक लाख मानिस यो महामारीबाट संक्रमित भइसक्दा कोरोनाको चेन ब्रेक गरेर यो महामारीलाई नियन्त्रण गर्न भनेर सरकारले गत वैशाख १६ गतेबाट काठमाडौं उपत्यकाका तीन जिल्लासहित यो महामारीबाट बढी संक्रमित भएका विभिन्न जिल्लामा कफ्र्यु लगाएको थियो । तर दुई साताअगाडि सरकारले लगाएको कफ्र्युको अहिलेसम्म सकारात्मक परिणाम आउन सकेको छैन । र, यसको विपरीत यो महामारी थप भयावह रूपमा फैलिराखेको छ । यसैले गर्दा अहिले कोरोना संक्रमितका लागि अस्पतालको शैय्यासमेत प्राप्त हुन सकिराखेको छैन भने गम्भीर संक्रमितले अक्सिजन पनि पाउन सकेका छैनन् ।
उपचारका लागि अस्पताल पुगेका गम्भीर बिरामीले उपचारका लागि शैय्या नपाउँदा र अक्सिजनलगायत अन्य उपचार नपाउँदा निधन भएका संक्रमितलाई अन्त्येष्टि गर्नसमेत लामो समय पालो पर्खिएनु पर्ने अवस्था आएको छ ।
सरकारले यो महामारी नियन्त्रण गर्न पहिलो चरणमा निश्चत रूपमा गम्भीरता देखाएको थियो । यही कारणले गर्दा सरकारले अघिल्लो वर्षको चैत ११ गतेबाट दुई जना संक्रमित देखिएको अवस्थामा देशव्यापी रूपमा लकडाउन गरेको थियो र यो महामारीलाई नियन्त्रण गर्न भारतले अनुदानमा उपलब्ध गराएको दश लाख डोज खोप पनि तदारुखताका साथ लगाउन काम गरेको थियो र यो मामिलामा सार्क क्षेत्रमा कोरोना नियन्त्रणका लागि खोप लगाउने नेपाल भारतपछिको दोस्रो मुलुकसमेत बन्न पुगेको थियो । तर, कोरोना महामारी दोस्रो चरणमा प्रवेश गरेर थप भयावह भएसँगै यो महामारीलाई नियन्त्रण गर्न सरकारले उदासीनता देखाउने थालेको छ । यही कारणले गर्दा यो महामारीको चेन ब्रेक गर्न भनेर कफ्र्यु लगाएको दुई साता बितिसक्दा पनि महामारी नियन्त्रणमा आउन सकेको छैन । यसको विपरीत सरकारले काठमाडौं उपत्यकालगायत सबैजसो जिल्लामा कफ्र्यु लगाएको भए पनि महामारी फैलिएर हेरकदिन नयाँ कीर्तिमान बनाइराखेको छ । उता कफ्र्यु लगाएको यो महामारी नियन्त्रण गर्न अगाडि बढेको सरकारले अहिलेसम्म सबै संक्रमितलाई उपचारका लागि आवश्यक पर्ने अस्पतालको शैय्या र अक्सिजन पु¥याउन सकेको छैन । र, अस्पतालको शैय्यामा उपचार र अक्सिजन नपाएर निधन भएका व्यक्तिहरूको लास लामो समयसम्म जलाउनसमेत समस्या पर्न थालेपछि निश्चित रूपमा मुलुक ठूलो विडम्बना र देर्भाग्यको स्थितिबाट गुज्रिराखेको छ ।