दलको नेता छैनः जसपामा जात्रा

राजनीति

काठमाडौं । मधेसको कर्मथलो र राष्ट्रिय राजनीतिको मुल धारमा ल्याएर पनि राष्ट्रव्यापी बन्न नसकेको जसपाको जात्रा संसदीय दलको नेता नहुँदा खुला भयो । रातारात एक वर्ष ६ महिना अगाडि पार्टी एकता गरेका उपेन्द्र यादव र महन्त ठाकुर अध्यक्ष छन् । राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाउन ठाकुरले दिएको वचन पूरा नगर्दा यतिखेर जसपा तीनतिर भएको छ । अवस्था पहिलो फोराम र तमलोपाको एकताले जसपा बनेको थियो । डा.बाबुराम भट्टराई हाँसको भिडमा बकुल्लो भएर पनि राष्ट्रिय परिषद्को अध्यक्ष भए । उनको नेतृत्वमा ५५ जनाको टिम छ । त्यही टिमका बहुमतले ओली सरकारको विपक्षमा जाने भन्दै गर्दा अध्यक्ष ठाकुरले प्रम ओलीले मधेसका राजबन्दी रिहा गरेकाले पार्टीले आवश्यक पर्दा ओली सरकारलाई सहयोग गर्नु पर्छ भनेका हुन् ।
तर, संसदीय दलको नेता नभई जसपाले यसपटकको संसद पार गर्दै छ । प्रदेश २ मा सरकार छ । त्यो सरकारको नेतृत्व लिएका लालबाबु मुख्यमन्त्री फोरमको तर्फबाट मुख्यमन्त्री भएका हुन् । प्रदेश २ मा समेत एकीकृत पार्टीको संसदीय दलको नेता चुनिएको छैन । संघीय सरकारका प्रधानमन्त्री केपी ओलीले प्रदेश प्रमुखहरूमा आप्mना सहयोगी पठाएर सबैलाई चिढ्याएका छन् । अप्ठेरो पर्दा कांग्रेस गुहार्ने ओलीले अब कांग्रेस ५० वर्ष खोज्नु पर्छ भनेको ३ वर्ष २ महिना २१ दिनमा कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा धाउन थाल्नुको घटना मधेसी नेताले भनी र करी बुझे ? मधेसवादीको सरकारले समेत आप्mनो राज्यमा पार्टीको तर्फबाट संघीय सरकारसँग माग गरेको विषयको प्रश्न उठ्न नसक्ने बाटो खोजेको छन् । कोरोनाको राहत जनतालाई दिन सरकारले पठाउँदा वितरण नगरी कुहाउने जनप्रतिनिधि तमलोपाको हो कि फोरमको हो ? महन्थ र उपेन्द्रले खोज्छन् ? संघीय सरकारले राजधानीमा भोकभोकै मजदुर मारेको थियो । प्रदेशमा पनि भोको पेटका मान्छे मरेका थिए । अहिले कोरोनाले सबैतिर सताएको छ । ओली सरकार त कमिसनमा रमाएको छ । सेरम कम्पनीको भ्याक्सिन भारतमा ल्याउन कम्पनीको भन्दा २.०५ मूल्य बढाएर ३४ करोड ३७ लाख खान पल्केका छन् । प्रदेश २ को जसपाको सरकारले आप्mनै तर्फबाट भ्याक्सिन ल्याएर जनतालाई लगाउने आँट किन गरेन ? महन्त ठाकुर, राजेन्द्र महतो, उपेन्द्र यादवले ध्यान दिएको खोइ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *