आस्थाको धरोहर पशुपति भ्रष्टाचारको अखडा

समाचार

काठमाडौं– विगतमा बदनामी कमाएका व्यक्तिहरूले सरकारी नियुक्ति पाउँदा एउटा गरिमा बोकेको आस्थाको धरोहरमा कुन हदसम्मको भ्रष्टचार हुन्छ ? यो दृश्य खोज्न पशुपति क्षेत्र विकास कोषतिर हेरे पुग्छ ।
त्यहाँका सदस्य सचिव छन् प्रदीप ढकाल । उनी यतिसम्म खेलाडी हुन् कि एक जना व्यापारीसँग मिलेर निस्वार्थरूपमा बाटोघाटोमा भेटिएका गाई, साँढे पाल्दै आएका नन्दी गौशालालाई त्यहाँबाट लखेट्न भ्याए । अहिले संस्थागतरूपमै भ्रष्टचार मौलाएको छ । पशुपति क्षेत्र विकास कोष स्रोतका अनुसार, प्रदीप ढकाल, मिलन थापा, घनश्याम खतिवडाहरूको समूह विभिन्न भ्रष्टाचारका घटनामा संग्लग्न रहेको बुझिएको छ । जस्तो पशुपति क्षेत्र विकास कोषमा ४० करोडको लागतमा धर्मशाला बनेको छ, त्यो भारत सरकारको सहयोगमा बनेको हो ।
त्यहाँ धर्मशाला त बन्यो तर, आफ्नै तजबिजमा कोषका सदस्य सचिव ढकाल, कोषाध्यक्ष थापालगायतका केही पदाधिकारीहरूको मिलेमतोमा त्यो होटल आनन्दलाई दिइएको छ । यो तिनै आनन्दराज बतास व्यापारीद्वारा सञ्चालित होटल हो । बतास अर्गनाइजेसनका मालिक उनी बद्नाम व्यापारी हुन् । पशुपतिमा रहेको नन्दी गौशाला लखेट्नमा उनै आनन्दराज बतासको अप्रत्यक्ष सहयोग रहेको थियो । १९ रोपनी क्षेत्रफलमो फैलिएको होटल बतास अर्गनाइजेसलाई सुम्पिएको भेटिएको छ । धर्मशाला बनाएर होटललाई प्रयोग गर्न दिनु अनियमितता हो कि होइन् ? कोषका पदाधिकारीहरूले प्रश्न उठाउँदै आएका छन् । यसका अलवा पशुपति क्षेत्र विकास कोष मातहतकै गौशालाचोकमा अवस्थित गौशाला धर्मशाला जुन मारवाडीहरूले करिव ९ रोपनी जग्गामा कोषका पदाधिकारीहरूको मिलिमतोमा वार्षिक ५१ हजार भाडामा लिएर सञ्चालन गरिरहेका छन् । यसको सुरुदेखि हालसम्म सबै सदस्य सचिव, कोषाध्यक्ष, कार्यकारी निर्देशकलगायतलाई मासिक रु एक करोडमाथि भाडा उठ्ने स्थान रु ५१ हजार वार्षिक भाडामा दिई करोडौं नोक्सानी पु¥याइरहेको कोषका पदाधिकारीहरू सुनाँउछन् ।
यस्तै वनकालीस्थित धर्मशाला भाडामा लगाई भाडावालसँग मिलिमतो गरेको पाइएको छ । सो धर्मशाला भाडावापतको पहिलाको एक करोडभन्दा बढी रकम भुक्तानी लिन बाँकी छ । तर, पहिलाको रकम नै भुक्तानी नगर्ने व्यक्तिसँगको मिलिमतोमा पुनः सोही व्यक्तिलाई भाडामा दिइएको भेटिनुले पनि त्यहाँ भ्रष्टाचार भएको कोषका पदाधिकारीहरूको भनाइ छ । यतिमा मात्र प्रदीप ढकालहरूको अनियमितता सकिँदैन । त्यहाँ केहीअघि जडान गरिएको लाइटमा ५ करोडभन्दा बढी भ्रष्टाचार भएको पदाधिकारीहरूको आरोप छ ।
यस्तै प्रदीप ढकालहरूले मनलाग्दी ढंगले त्यहाँ कर्मचारी भर्ती गरेको भेटिएको छ । त्यही कार्यरत ८० कर्मचारीको रोजीरोटी खोसी मनलाग्दी ढंगले त्यति नै मात्रामा कर्मचारी भर्ती गरिएको भेटिएको हो ।
कोषको कर्मचारी नियमावलीमा भएको व्यवस्था र प्रकृयाविपरीत नियम १२ र ७ (क) को प्रावधानविपरीत अख्तियारीविना नै कर्मचारी र सल्लाहकारहरूको नियुक्ति गरी सदस्य सचिव, कोषाध्यक्ष र कार्यकारी निर्देशकको व्यापक मिलिमतोमा कर्मचारीहरू नियुक्ति गरी कोषलाई आर्थिक नोक्सानी पु¥याएको पाइएको छ ।
यस्तै, कोषको पैसा विभिन्न बैंकमा राख्दासमेत भ्रष्टाचार भएको कोषका पदाधिकारीहरूको आरोप छ ।
सबैभन्दा ठूलो इस्यु त हिन्दुहरूको पवित्र तीर्थस्थल पशुपतिमै क्रिश्चियनहरूको शव गाड्न दिने निर्णय भएको छ । सर्वोच्च अदालतले मृगस्थली क्षेत्रमा क्रिश्चियनहरूको शव गाड्न नदिनु अन्यत्रै व्यवस्था गर्न भनी नेपाल सरकारलाई निर्देशनात्मक आदेश तथा फैसलासमेत गरेको थियो । सोहीअनुसार नेपाल सरकारले अन्यत्रै क्रिश्चियनहरूको शव गाड्ने स्थान उपलव्ध गराएको भए पनि क्रिश्चियन संस्थाहरूसँगको मिलिमतो र आर्थिक लाभ लिई हिन्दूहरूको पवित्र स्थानमा क्रिश्चियनहरूको शव गाड्ने कार्य अहिले पनि रोकिएको छैन ।
यसरी कोषका पदाधिकारीहरूको मिलेमतोमा पशुपति क्षेत्र विकास कोषमा संस्थागत भ्रष्टाचार मौलाउँदै गएको अवस्था छ । कोषको आम्दानीमा गम्भीर नोक्सानी पु¥याई कोषका सदस्य सचिव डा.प्रदिप ढकाल, कोषाध्यक्ष डा.मिलनकुमार थापा, कार्यकारी निर्देशक डा.घनश्याम खतिवडा, खरिद प्रमुख राजकुमार रेग्मीलगायतकै मिलेमतोमा भ्रष्टाचार मौलाइरहेको भए पनि यो विषयमा विभागीय मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आँखा अहिलेसम्म पर्न नसक्नु चाँहि अचम्म छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *