वाग्मतीजस्तै लुम्बिनी पनि गुम्ने भयो

राजनीति

काठमाडौं– नेपालको राजनीतिमा सत्ता घमण्ड दलाल गुटबन्दीको शिकार बन्न पुगेको प्रदेश तहको चुनाव भद्रगोल हुँदैछ । लुम्बिनी प्रदेशमा एमाले सांसद पदबाट राजनीतिमा दिएर कांग्रेस प्रवेश गरेका दिर्घनारायण पाण्डेले माओवादी त्यागेर एमालेको उम्मेदवार बनाइएका चन्द्रबहादुर खड्कालाई लडाउँदै छन् । एमालेको विभाजन भएको थिएन, भने कांग्रेसका उम्मेदवारले पराजयको घोषणा कुर्नुपथ्र्यो । तर, पार्टी विभाजन र पार्टीमा गुटबन्दीलाई स्थान दिँदा एमाले ठूलो पार्टी धेरै मतदाता भएको पनि राष्ट्रिय सभामा ठाउँ पाउने अवस्था कमजोर बन्दै छ । लुम्बिनी प्रदेशमा स्थानीय तहमा एमाले ९१ कांग्रेस ६४ माओवादी ३९ मत छन् । १०३ मत कांग्रेस र माओवदीका छन् । यहाँ जसपा र जनमोर्चाका १८ मत छन् यो मतको आधारमा शंकर पोखरेललाई कानुन मिच्ने अभियानमा सहयोग गर्दैन । त्यहाँ जसपाका ४ जना सांसद रहेकोमा शंकरको पक्षमा भए पनि २ जना सांसद पोखरेलको पक्षमा छैन । लुम्बिनीमा एमाले ३९ कांग्रेस १९ माओवादी १८ जनमोर्चाका १ जसपाका ६ जना सांसद छन् । जसपाका ४ ले एमालेलाई सहयोग गरेपछि बहुमतको आधारमा शंकर मुख्यमन्त्री भएका छन् । पोखरेलले आफ्नो पद जसपा फुटाएर जोगाए, तर त्यहाँ सम्भावना राष्ट्रिय सभामा आफ्नो उम्मेदवार ल्याउन सक्ने भएन, जसरी वाग्मतीमा पद गुम्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *