कांग्रेसले पाउने ८० सिटमा पनि भागवण्डा ?

राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेसमा भागवण्डाको छटपटी चलेको छ । डा. शेखरले ४२ प्रतिशतको भाग खोजेका छन् । रामचन्द्र पौडेल ठेगान लागेका छन् । भगिनी सं्रगठनहरुमा ठाउँ पाएनन् भन्ने पनि छ । शेखरले बेलामा ध्यान दिएनन् । प्रदेश १ को सभापति गुरु घिमिरेलाई जिताउने मौका चुकाए । घिमिरे २ मतले पराजित भए । कोइराला टिमका डा.शेखर, डा.शशांक, सुजाता, महेश आचार्य, बलबहादुर केसी मतदानमै गएनन् । अहिले भने भागवण्डाको डोरोबाटो चलेको छ । संस्थापनलाई दिन पर्ला कि भन्ने पनि चिन्ता छ ।

कांग्रेस एक्लै चुनावमा जाने भन्दैछ । सत्तापक्षले उम्मेद्वार जहाँ उठाउँछ त्यहा संस्थापनले असहयोग गर्ला भन्ने शंका पनि छ । किनकि सत्ता गठबन्धनको चर्काे विरोध यिनले नै गरेका छन् । यिनको पछि लागेर पार लाग्दैन भनेर रामचन्द्र पौडेल बाहिरिए, प्रकाशमानले बाटो तताए । डा.शेखरको टिमको सभापति धनराज गुरुङ विगतमा रातो पासपोर्ट काण्डमा लागेका नेता थिए । महामन्त्री गगन थापा कृषि व्यापार आयोजनाको अनुदान हजम गर्ने साधु नै भए । गाई फर्म र बाख्रा फार्मको नक्कली साहुजी गगनको उल्कापात खर्च कहाँबाट बर्सिन्छ ? पाएको बेला सरकारी धनमा राजाई गर्न गगन पछि परेनन् ।

यिनकै डाँको ठूलो छ । एमसीसी पारित गरेपछि अमेरिकी सेना नेपाल आए मेरो कपाल मुण्डन गरेर काठमाडौं घुमाइयोस्, म तयार छु भनेका थिए गगनले । तर अमेरिकाले स्टेट पाटर्नरसिप प्रोग्राम जबर्जस्ती लाद्यो । एमालेका विद्धान नेता केपी ओली प्रधानमन्त्री बन्दा सेनाले लेखेको पत्र नै काफी छ । ओलीले जे पनि गर्छन भन्ने कुरा । यस्ता विषयमा डा. शेखर कता छन् ? चुनावमा त कुरा उठ्ला नै ? त्यसतर्फ डाक्टर शेखरको टोलीले सोचेको छैन । शेखरलाई ४२ प्रतिशतको भाग चाहिएको छ ।

भगिनी संगठनमा भाग नपाएर डा.शेखर समूह गुटको भेला र बैठकमा सक्रिय छ । गुटको बैठक पार्टी कार्यालयमै राख्न पार्टी सभापतिले दिएका सुझाव समेत मानेन । प्रकाशमान, विमलेन्द्र निधि, कृष्ण सिटौलाले नपत्याएको डा.शेखरको टिममा डेट एक्सपायर नेता अर्जुननरसिंह केसी र डा.रामशरणहरुले कति थेग्लान ? भगिनी संगठनहरुको नेतृत्व खोजेको डा.शेखरलाई चुनाव भए संगठन कब्जा हुन्छ भन्ने अनुमान प्रेस युनियनको आठौं महाधिवेशनको परिणाम नै काफी छ ।

कांग्रेस पार्टीले १६५ संघीय संसदमा १ सय सिट दाबी गर्दा ८५ मा झर्ने भएको छ । किनकि माओवादीले ३६ सिट प्रत्यक्षतर्फ जितेको थियो । एमाले ८९ स्थानमा जितेको थियो । एमालेबाट गएका २३ मध्ये १३ जना प्रत्यक्ष जितेका एकीकृत समाजवादीलाई पनि दिनैपर्छ । जसपा बनेको राजपा उपेन्द्र यादव पक्षले प्रत्यक्षतर्फ १३ सिट जितेकै हो । त्यसमा अहिले लोसपा, वामदेव, डा.बाबुरामसम्म आशावादी बन्दा कांग्रेसले पाउने ८० सिटमा डा.शखेरको ४२ प्रतिशत दाबी गर्दा कति उपयुक्त हुन्छ ? यो लडाई देउवासँग ठोक्किएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *