हाँसको बथानमा बकुल्ला भए बाबुराम

राजनीति समाचार

काठमाडौं । आफु एक्लै राजा बन्न खोज्ने आफ्ना मात्र कुरा चर्काे बनाउने, कार्यकर्ताको संरक्षण नगर्ने, बुद्धिजीवी नेता डा.बाबुराम भट्टराई उपाय नलागेपछि माओवादीमै फर्केका छन् । बाबुरामको लागि गोरखा २ सुरक्षित भएको छ । तर उनीजस्तै संगठनको धरातल बलियो नभएका तर पार्टीका उपाध्यक्ष भएका नारायणकाजी श्रेष्ठ भने रिसले चुर भएका छन् । २०७४ सालको चुनावमा तिनै भट्टराईले कांग्रेसको सहारामा काजीलाई हराएका थिए । ५ वर्ष उनी खाली बस्न नसक्दा राष्ट्रिय सभामा पु¥याइएको छ ।

अहिले ५ दलीय गठबन्धनमा कांग्रेस माओवादी बलिया छन् । अस्थिरताको केन्द्र बनेका डा.भट्टराई दक्षिणको इसारामा फेरी संसदको पद सुरक्षित गर्ने दाउमा छन् । पहिला बाध्यताले डा.भट्टराई मधेसी शक्ति जसपामा गएको एक वर्षको अवधिसमम पनि टिक्न सकेनन् । उनी त्यहाँ हाँसको बथानमा बकुल्ला नै हुन पुगे । डाक्टरलाई अशोक राई सम्मले पनि पत्याएनन् । राई नेकपा एमालेका पुराना हात्ती थिए । अशोक राईले एमाले नछाडेको भए नवौं अधिवेशनमा अध्यक्षकै दाबेदार हुने थिए ।

अहिले जसपा जस्तो क्षेत्रीय दलमा संघीय परिषद्को अध्यक्षमा बस्नुपरेको छ । डा.बाबुराम भट्टराईको समाजवादी पार्टीलाई कसले सहारा देला भन्ने चिन्ता थियो । माओवादी नै सहारा भयो । राष्ट्रिय एकता अभियान खडा गरेका वामदेवले एमाले अध्यक्ष केपी ओलीलाई समेत पत्याएनन् । गौतमकै कारण केपी ओलीलाई एमालेको नवौं महाधिवेशनले अध्यक्ष बनायो । दशौं महाधिवेशनमा ओलीको एकलौटी मोर्चा बन्यो । वामदेव गणनामै परेनन् । ओली सरकार राज्यको लागि कम्युनिष्ट कलंक कै रुपमा परिचित भयो । अहिले वामदेवको हालत सत्ता गठबन्धनसँग दुखेसो पोख्नु पर्ने बाध्यता छ । देशको लागि डा.भट्टराईको भिजन राम्रो छ । तर अहिलेको स्वार्थ चुनाव गठबन्धन मात्र हो भन्ने बुझेका छन् ।

सफल अर्थमन्त्री डा.भट्टराई प्रधानमन्त्री भएको बेला भने सफल बन्न सकेनन् । माओवादीबाट ठुलो पदि लिने संकटका बेला पार्टीकै खेदो खनेर रमाउने काम भट्टराईबाट भएकै हो । माओवादीले गोरखा जिल्लामा डा. भट्टराईलाई बोक्नैपर्छ भन्ने छैन । योगदान माओवादी भत्काउनमै बाबुरामको ठूलो थियो । त्यसैले आफ्नो कमजोरी माओवादीसँग उनले मरिहत्ते गर्नु परेको हो । जहाँ गयो त्यहाँ भत्काउने काममा लागेका नेताको बुद्धिजीवी हैसियतको समेत जनताले चासो दिएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *