दुई गिरी मिलेपछि खुल्यो तस्करी

राजनीति समाचार

काठमाडौं । काठमाडौं परिसरको एसएसपीबाट एकाएक डीआईजी बनेर प्रदेश एकमा पुगेका सुदिप गिरीले सुपारी तस्करको लाइन खोलेका छन् । सशस्त्रका डिआईजी कलम गिरीको एक वर्ष अनुभव थियो । दुबै डीआईजीको मनपेट मिलेपछि चाडवाडमा नाका खुल्नु नौलो कुरा भएन । दुबै डीआईजीलाई बालुवाटारको आदेश लागू हुन्छ । कमल प्रदेश १ मा जानासाथ सुनसरीको कमाण्डरलाई पेलेर सरुवा गरे । मोरङको पनि सरुवा भए । सुनसरीमा विक्रम हुमागार्इं रहेका छन् भने मोरङमा राजकुमार । सशस्त्रमा भोजपुरकालाई बिओपी दिइएको छ । नेपाल प्रहरीका डीआईजी सुदिप गिरी गएको एक महिना पुरा नहुँदै सशस्त्रले पक्राउ गरेको सामान नियन्त्रणमा लिएको सुपारी खेलमा परेका छन् ।

कमाउने ठाउँको रुपमा प्रदेश १ का मोरङ, सुनसरी र झापा चर्चित हुन् । प्रायः यी जिल्लामा राजस्वको टोली पनि मिल्ने गरेको छ । तस्करहरुको केन्द्रमै कनेक्सन हुन्छ । त्यसैकारण जिल्लाका प्रहरी र सशस्त्रले पनि टेन्सन लिँदैनन् । प्रहरीमा सुदिप गिरी आएपछि सशस्त्रमा डीआईजी गिरी ढुक्क छन् । उनी त्यहाँ जानासाथ सीमाबाट तस्करी गरे ल्याएको सामानको तस्करी हुने गर्दछ । राहत पाएको महसुस गरेका छन् । इन्डोनेसियाबाट ल्याएको सामान गत वर्ष गोदाम गरिएको थियो । सो सुपारी यस वर्ष पुरानो प्रमाणपत्र देखाएर भारत निकासी हुँदै थियो ।

झापा र मोरङको नाका तस्करहरुले प्रयोग गर्नुको कारण त्यहाँ नेपालीले सुपारी व्यवसाय गर्नु हो । प्रहरीका सुदिप र सशस्त्रका डीआईजी कमल गिरीसँग व्यापारीहरु दीपक पोखरेल, गोविन्द सरिया, दिनेश राठी, प्रदीप मुरारका, प्रदिप मित्तल बिचमा सहमति भएपछि सुपारी नाका कटाउने प्रयास भएको छ । तर प्रहरी र सशस्त्रले छोडे पनि राजस्वले छाडेन । सुपारी भन्सारले समाउँछ । राजस्वले त्यसको छानबिन गर्दा उत्पत्ति प्रमाणपत्र वर्ष अगाडिको भएको पत्ता लाग्यो । साउन १२ गतेको यो केसमा प्रधानमन्त्री निवास पनि जोडिएको छ । जहाँ भूषण राणा, प्रकाश देउवा पैसा संकलका रुपमा परिचित छन् । मोरङको भण्टावारी नाका तस्करको लागि सहज छ । भन्सारले समेत सुपारीका ट्रकलाई छोडेको थियो ।

यसैबिच सुपारी तस्कर नविन घिमिरेले भन्सार, प्रहरी, राजस्वलाई विपक्षी बनाउँदै उच्च अदालतमा दिएको रिटले कुनै माखो मारेन । ८ करोड ६३ लाख ८१ हजार ५६ रुपैयाँको सुपारी आठवटा ट्रकबाट जोगवनी कट्दै थियो । सशस्त्र प्रहरीका डीआईजी कमल गिरी प्रहरीका डिआईजी सुदिप गिरीलाई मिलाएको थियो । तर राजस्वले समात्यो । अदालतले समेत सीमा तस्करहरुको योजना बुझेर नै अन्तरिम आदेश भन्दा दुबै पक्षलाई बोलाइएको छ । अहिले सुपारीका आठै ट्रक रानी भन्सारमा राखिएका छन् ।

सशस्त्र प्रहरीभित्र डीआईजी गिरीलाई राम्रो मानिँदैन । उनी एसएसपी, एसपी भएर जहाँ गए, ती कार्यालयमा सबैसँग मिल्दैनथे । खाली राजनीतिक दलका नेताको कुरा गर्थे । सुपारी काण्डले हल्चोक तान्ने सम्भावना छ । आईजीपी राजु अर्यालले यस्तो कुरामा ध्यान दिएका छैनन् । नेपाल प्रहरीको कुरा पनि त्यही हो । पूर्वमा सुपारी तस्करी गर्ने मनोकामना टे«डर्स हो । त्यसले १ अर्बको सुपारी भारत पठाउन सेटिङ मिलाएर प्रहरी र सशस्त्रलाई हात लिएको थियो । तर राजस्व अनुसन्धानलले प्रहरी नै लगाएर पक्रिएपछि सामान छाड्नलाई समस्या परेको छ । सुनसरी, झापा र मोरङमा तस्करी संजालको सेटिङ छ । त्यहाँको सेटिङमा डीआईजी छन् सुदिप गिरी र कमल गिरी । उनहिरुमध्येका कमल संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको मान्छे हुन् भन्ने भनाई छ । सुदिप गिरी गृहमन्त्री पत्नी मञ्जु खाँडको विश्वासिलो पात्र हुन् । डीआईजी सुदिप र गृहमन्त्री पत्नी मञ्जुको साथी पनि भनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *