काठमाडौं । भारतको दिल्ली राज्यको मुख्यमन्त्रीको रुपमा रेखा गुप्ताले नवौं मुख्यमन्त्रीको रूपमा पद तथा गोपनियताको शपथ लिएकी छन् ।
उपराज्यपालले उनलाई बिहीबार रामलिला मैदानमा आयोजित कार्यक्रममा शपथ ग्रहण गराएका हुन् । उनी पहिलो पटक शालिमार बागबाट विधायक निर्वाचित भएकी थिइन् ।
रेखा गुप्ता दिल्लीमा चौथो महिला मुख्यमन्त्री बनेकी छन् । यसअघि बिजेपीबाट सुष्मा स्वराज, कांग्रेसबाट शिला दिक्षित र आम आदमी पार्टीबाट आतिशी मार्लेना दिल्लीको मुख्यमन्त्री बनेका छन् ।
शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीसहितका भारतीय जनता पार्टीका विशिष्ट नेताहरुको उपस्थिति रहेको थियो । हालै सम्पन्न विधान सभा निर्वाचनमा बिजेपी २७ बर्षपछि सत्तामा फर्किदै ७० मध्ये ४८ सिट जितेको थियो ।