काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य एवं संविधानसभा सदस्य विदुरप्रसाद सापकोटालाई अन्तिम श्रद्धाञ्जलीका दिएको छ ।
बिहीबार निधन भएका सापकोटाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा राखिएको हो । उनलाई अन्तिम श्रद्धाञ्जली दिन नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल लगायतका नेता कार्यकर्ता पार्टी केन्द्रीय कार्यालय पुगेका छन् ।
५९ वर्षीय सापकोटा २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा काभ्रेपलान्चोक निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए । साथै आजदेखि बस्ने भनिएको केन्द्रीय कमिटी बैठक शुक्रबारदेखि सुरु हुने भएको छ। पार्टी उपसचिव रामकुमार भट्टराईका अनुसार सापकोटाको निधन भएको हुनाले आज बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक भोलि शक्रबार ११ बजे नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुर बस्ने गरी स्थगित गरिएको बताएका छन् ।