कांग्रेसको झगडाले सरकार जोगिँदै

समाचार

काठमाडौं– नेपाली राजनीति स्वार्थको कारण दौँडिदा सरकारको अस्थिरता बच्ने देखिन्छ । कांग्रेस प्रतिपक्ष पार्टी भएता पनि त्यसको संस्थापन पक्ष र विद्रोही पक्ष बीचको तालमेल छैन । पार्टीको १४ औँ महाधिवेशन नजिकिँदै गर्दा कृयाशील सदस्यता वितरण र स्विकृतिमा विवाद बढेर गएको छ ।
कांग्रेस पाटीको आन्तरिक झगडाले नेपालमा अस्थिरता छाएको छ । त्यो अस्थिरता हटाउन नेतृत्वले अन्तमा मेलमिलाप गर्ने चलन छ । यसपटक कांग्रेसमा दुई पार्टी देखियो ओली सरकारलाई ढालेर कांग्रेसको नेतृत्वमा समावेश भएका राप्रपाको नेता सुनिल थापालाई सभापति देउवाले सहमहामन्त्री दिएका छन् । थापालाई सहमहामन्त्री बनाइँदा गच्छेदारको भागाभाग भएको छ । गच्छेदार देउवाका विश्वासपात्र भए पनि ललिता निवास प्रकरणमा परेका छन् । कांग्रेसले ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न सकेको छैन । पाटीको कृयाशील सदस्यता स्वीकृत गर्ने मिति मंगलबारसम्म रहेको छ । त्यहाँ ५ लाख ४६ हजार छन् । कांग्रेससँग बहुमत छैन । माओवादीले साथ दिएर सरकार बन्दैन । मधेसी दलहरूमै विवाद छ ।
पूर्व पंचरुपी राजेन्द्र महतो र कांग्रेस कित्ताका महन्त ठाकूर शरदसिहं भण्डारीले ओली सरकारबाट पाएको विश्वास र भरोसा टुटाउन चाहेको छैन । देशमा अन्योल हटाउन जनताले नेकपालाई भmण्डै दुई तिहाई मत दिए पनि त्यसको सम्मान गर्न नेकपाको सरकारले सकेन । अन्तर पार्टी भmगडा चर्काउने काम सुरुदेखि नै भयो । एकताभन्दा फुट्न नेताहरूले ध्यान दिएका थिए । त्यसैको परिणाम भ्रष्टहरूले प्रम ओलीलाई फसाउँन थाले । प्रम ओली आफूले जे गर्छु, ठीकै गर्छु भनेर लागिपर्दा पार्टी मात्र फुटेन, एमालेकै ठूलो हिस्सा अलग भयो । पार्टी विभाजनमा नपुगे पनि अध्यक्षको तहबाट चार नेतालाई पार्टीबाट निलम्बन गरेर भmन् एमालेभित्र अन्योल बढेको छ ।
कांग्रेस, मधेसवादी र माओवादी मिल्दा सरकार त ढल्छ न,ै प्रधानमन्त्री ओली संसद स्थगन गरेर चुनाव गर्ने घोषणा गर्न इच्छुक रहेका छन् । तर, वातावरण त्यो छैन । एमाले आफँै मंसिरमा महाधिवेशन गर्ने तयारीमा छ । माधव नेपाललाई पाखा पारेर एमाले बलियो हँुदैन सत्तापक्ष भित्रको भmगडा कांग्रेसले नजिकबाट हेरेको छ । संसदबाट अविश्वासको प्रस्ताव लगेको अवस्थामा ओली सरकार ढल्छ भन्ने कुरा बुभmेर नै जसपा, कांग्रेस र माओवादीलाई सहयोग गरेर सरकार ढल्ने हो जनअपेक्षालाई नपत्याएर नेकपाका नेताहरू एक नहुँदा स्थिति भmन् बिग्रिएको छ ।
नेपालको सत्ता उलट–पलट हुँदा सासद खरिद बिक्रीको लहर आउँदा कांग्रेस र एमाले मै लोभीपापी नेताहरू धेरैछन् । संसदहरू मन्त्री पदको लागी मरिमेटेका धेरै छन् । महँगो चुनाव र ठूलो खर्च गरेर सांसद् भएकाहरूले कमाई गर्न परेको छ । ओलीलाई सरकार टिकाउन परेको छ । सरकार जोगाउन प्र्रधानमन्त्री ओलीले जसपाका कार्यकारी अध्यक्ष महन्थ ठाकुर पक्षलाई सहयोग मागेका छन् । कांग्रेस पार्टीभित्र रामचन्द्र चर्का छन् । देउवालाई पार्टीको अध्यक्ष हुन यसपटक कठिन छ । किनकी कोइराला परिवारबाट यसपटक डा.शेखर कोइराला नै सभापतिको उम्मेदवार बन्ने घोषणा गरी तयारीमा लागिसकेका छन् । विजय गच्छदार, विमलेन्द्र निधिले देउवालाई नै सहयोग दिएका थिए तर, अहिले गच्छदार जेल पर्दैछन् । विमलेन्द्र निधिलाई सभापति बन्न रहर भएकाले देउवालाई पहिला जस्तो स्थिति छैन । राजनीतिक अस्थिरता हटाउन जनताले दिएको जनमत खेर गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *