काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनसँगको टेलिफोन वार्ताबारे गलत ढङ्गले प्रचारबाजी भएको भन्दै स्पष्टीकरण दिएका छन् ।
आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै पोखरेलले पुनसँगको फोनमार्फत् संम्वादको विषय नेताका बीचमा शिष्टाचार हुने कुराकानीलाई प्रचारबाजी गरेको भन्दै उनले आपत्ति जनाएका हुन् । शनिबार माओवादी केन्द्रका उपमहासचिव पुनले एमाले महासचिव पोखरेलले टेलिफोन गरेर अध्यादेश पारित गर्न सहयोग मागेको बताएका थिए ।
पार्टी कामको सिलसिलामा पाल्पा पुगेका बेला पोखरेलले टेलिफोन गरेको पुनले जानकारी दिएका थिए । पुनले कुराकानीको क्रममा आफूले अध्यादेशमा सरकारलाई सघाउन नसक्ने स्पष्ट पारेको बताए । उनले पुनसँगको संवाद कम्युनिष्ट एकताको सन्दर्भमा पनि हुनसक्ने संकेत गर्दै नेकपा एमालेको नीति स्पष्ट रहेको उल्लेख गरेका छन् ।पुनलाई फोन गर्नुको कारण कम्युनिष्टलाई प्रबल बनाई विगतमा भएका त्रुटिलाई सच्याईं एकताबद्व हिसाबले वातावरण तयार गर्नु पनि त हुन सक्ने जिकिर गरेका छन् ।