मनसुन समय अगाडि भित्रिँदा मुलुकभर कूल १३ लाख हेक्टरमध्ये ६ लाखभन्दा बढी धान रोपाइँ, सोमबारसम्म ४५  प्रतिशत रोपाइँ

विविध समाचार

काठमाडौं । यस वर्षको मनसुन समयभन्दा अगाडि भित्रिँदा गत वर्षको तुलनामा धान रोपाइँमा वृद्वि भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभागका अनुसार सोमबारसम्म मुलुकभर ४५ दशमलव ०३ प्रतिशत रोपाइँ भएको छ जुन गत वर्षको यही अवधिको तुलनामा एक दशमलव ५३ प्रतिशतले बढी हो । गत वर्ष यति बेलासम्म ४३ दशमलव ५ प्रतिशत रोपाइँ भएको थियो ।

मन्त्रालयले अधिकांश किसान रोपाइँका लागि आकाशे पानीमा निर्भर रहने उल्लेख गर्दै यस वर्ष नेपालमा मनसुन अगाडि नै भित्रिदा गत वर्षको तुलनामा धान रोपाइँ बढी भएको बताएको छ। पूर्वी तराईबाट मनसुन सुरु भएपनि वर्षा कम भएका कारण मधेस प्रदेशमा अन्य प्रदेशको तुलनामा रोपाइँ पनि कम भएको छ,भने यद्यपि गत वर्षको तुलनामा बढी रहेको छ ।

मन्त्रालयका अनुसार मुलुकभर कूल १३ लाख ८३ हजार सात सय ३२ हेक्टरमध्ये हालसम्म ६ लाख २३ हजार एक सय चार दशमलव ४७ हेक्टरमा रोपाइँ भइसकेको जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *