बालमन्दिर जग्गा अनियमिततामा मानव अधिकार आयोगद्वारा अनुसन्धान

देश/विदेश वाग्मती प्रदेश समाचार

काठमाडौं । नक्सालस्थित नेपाल बाल सङ्गठन (बालमन्दिर)को जग्गा भाडामा लगाउँदा भएको अनियमिततामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान अगाडि बढाएको छ ।

बाल संगठनले आफ्ना जग्गा सस्तोमा भाडामा दिएको र सम्झौता अवधि १७ वर्ष बाँकी छँदै पुनः थप ३८ वर्ष भाडामा दिने सम्झौता गरेको भन्दै संगठनकै पूर्व पदाधिकारीविरुद्ध ठगी मुद्दामा जाहेरी परेको थियो । पूर्वअध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी पनि जारी भएको थियो । तर, सिंहमाथि मुद्दा नचलाउने भनी सरकारी वकिल कार्यालय, काठमाडौंले निर्णय गरेको भन्दै ध्यानाकर्षण भएको मानव अधिकार आयोगले एक विज्ञप्ति जारी गर्दै छानविन तथा अनुसन्धान प्रक्रिया अघि बढेको जानकारी गराएको हो ।

आयोगले उच्च सरकारी वकिल कार्यालय पाटन र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई निर्णयको प्रतिलिपि तथा केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगञ्जलाई अनुसन्धान मिसिलको प्रतिलिपि सात दिन भित्र उपलब्ध गराउन पत्राचार गरेको आयोगले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *