सुदूरपश्चिममा पहिलो पटक माओवादी सांसदको सामूहिक छलफल

राजनीति समाचार सुदूरपश्चिम प्रदेश

काठमाडौं । सुदूरपश्चिममा पहिलो पटक बहुमत प्रदेश सभा सदस्यले खगराज भट्टलाई दलको नेताबाट हटाएपछि विभाजित भएका माओवादी सांसदको सामूहिक छलफल भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पटक–पटकको निर्देशनपछि दलका नेता मानबहादुर धामीको आह्वानमा आइतबार भने संसदीय दलको कार्यालयमा जुटेका हुन् ।

प्रदेश सभा सदस्य रमेश धामी बाहेकका सांसदहरुले पहिलोपटक सबै जना एकै ठाउँमा उभिएर दलभित्र देखिएको विवादलाई समाधान गर्ने विषयमा छलफल भएको जानकारी दिए । फागुन १४ मा सुदूरपश्चिमका सबै प्रदेश सभा सदस्यलाई खुमलटार बोलाएर छलफल गरेका प्रचण्डले भट्टलाई नै दलको नेता बनाउन निर्देशन दिएका थिए । त्यसपछि भने पहिलोपटक प्रदेश सभा सदस्यहरु सामूहिक छलफलमा जुटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *